डुडुवा खोलामा वेपत्ता भएका रोकायाको शव तीन दिनपछि भेटियो
  • काँचुली खबर

१९ साउन, कोहलपुर । डुडुवा खोलामा आएको बाढीमा दाउरा टिप्न गएका कोहलपुरका एक पुरुषको शव तीन दिनपछि भेटिएको प्रहरीले जनाएको छ।

बाढीले बगाएर ल्याएका दाउरा टिप्न गएका जुम्ला कनका सुन्दरी गाउँपालिका-७ घर भएर हाल कोहलपुर-१० कालिकानगरका ६५ वर्षीय हरिबहादुर रोकाय कोहलपुरको क्रिकेट मैदान नजिकैबाट खोलामा डुबेर बेपत्ता भएका थिए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

डुडुवा खोलाको कोहलपुर-७ को झरकट्टी भन्ने ठाउँमा रोकायाको शव शुक्रवार साँझ भेटिएपछि शनिबार पोष्टमार्टमपछि आफन्तले बुझेर लगेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीले रोकाया डुबेको जानकारी आउने बित्तिकै उनको खोजी सुरु गरिए पनि फेला नपर्दा खोजी जारी रहेकोमा शुक्रबार साँझ अलि टाढा गएर फेला परेको बताए ।

यसैबिच जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय कोहलपुरले सूचना जारी गरेर वर्षाका कारण अहिले निरन्तर खोला र नदीमा पानीको बहाव बढ्दै गएकोले नदी तथा खोलामा नुहाउन वा दाउरा सङ्कलन गर्न नजान सर्वसाधारणसँग अनुरोध गरेको छ।

खोला नाला भएका विभिन्न वडा कार्यालयहरूले पनि वर्षाको समयमा खोला नालामा नजान वडावासीलाई आग्रह गरेका छन्।

  • १९ श्रावण २०८१, शनिबार १७:४५ प्रकाशित
  • Nabintech