१९ साउन, काठमाडौं । काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको भलिबल कभर्ड हलमा नेपालले भारतलाई ३-२ को सेटमा हराएको हो । नेपालले २५-१८, १२-२५, २५-१७, १८-२५, १५-१३ ले हरायो ।
घरेलु समर्थकको साथ पाएको नेपालले पहिलो सेटमा १२-६ को अग्रता लिदै शानदार सुरुवात गर्यो । तर भारतले पुनरागमन गर्दै ११-१३ गर्दै अग्रता अंक २ मा घटाएपछि नेपालले पहिलो टाइम आउट लिएको थियो ।
अग्रतालाई निरन्तर्ता दिदै २२-१८ मा पुर्याएपछि पहिलो सेटमा जित पक्का जस्तै बनेको थियो । नेपालले पहिलो सेट २५-१८ ले सहजै जितेको थियो ।
दोस्रो सेटमा सुरुवातमा नेपाल ६-६ को अवस्थामा थियो । तर त्यसपछि भारतले निरन्तर अंक बटुल्दै १५-१२ को सहज जित हात पार्यो । खेलाडी परिवर्तनमा गल्ति गरेपछि नेपालले रातो कार्ड पाउदा भारतले अन्तिम अंक नखेली पाएको थियो ।
तेस्रो सेटमा नेपालले १६-९ को अग्रता लिदै सहज जितको आधार तयार पारेको थियो । तेस्रो सेटमा २५-१७ को जित हात पार्दै ऐतिहासिक जित निकाल्नबाट एक सेट जित टाढा थियो ।
चौथो सेटमा भारत सुरुवातमा ८-३ ले अघि थियो । भारत निरन्तर चौथो सेटमा अघि थियो । भारत मध्य समयमा १५-१० ले अघि थियो । नेपालले १५-१७ बनाउँदै खेलमा फर्किने सम्भावना देखाएको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा २ अंकले पछि परेको अवस्थाबाट लगातार पाँच अंक गुमाउँदा भारतले चौथो सेट २५-१८ ले जितेको थियो ।
निर्णायक पाँचौं सेट सुरुवातमा प्रतिस्पर्धात्मक बनेको थियो । उषा भण्डारी र सरस्वती चौधरीको स्पाईकमा अंक जोड्दै नेपाल ५-२ को अग्रता लिदै ऐतिहासिक जितको संकेत दिएको थियो । नेपालले ८-५ मा पाँचौं सेटको कोर्ट परिवर्तन गरेको थियो ।
नेपाल १२-१० को अवस्थामा रहँदा भारतले टाइम आउट लिएको थियो । टाइम आउट लगत्तै अंक जोडेको थियो । १२-१३ को अवस्थामा सरस्वतीले लेफ्ट साइडबाट अंक जाडेपछि नेपाल जित भन्दा एक अंक टाढा थियो । तर भारतले पुन अंक जोड्दा खेल १३-१४ को अवस्थामा पुगेको थियो । नेपालले भारतको मोमेन्ट्स ब्रेक गर्न टाइमआउट लियो ।
यसअघि नेपाल र भारतबीचको महिला भलिबलमा सबैभन्दा उत्कृष्ट प्रदर्शन २०१९ को सागको फाइनलमा दशरथ रंगशालामा थियो । उक्त खेलमा नेपाल ३-२ सेटले हार्दै स्वर्ण जित्नबाट चुकेको थियो ।
प्रतियोगितामा नेपालसहित भारत, इरान, माल्दिभ्स र श्रीलंकाको सहभागीता छ । शीर्ष चार टोली सेमिफाइनल खेल्नेछन् । नेपालले पहिलो खेलमा श्रीलंकालाई ३-० को सोझो सेटमा हराएको थियो । भारतले पहिलो खेलमा ईरानलाई ३-१ र दोस्रो खेलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराएको थियो ।
१९ श्रावण २०८१, शनिबार १७:३३ प्रकाशित