कक्षा १२ को परिक्षामा आदर्शका शर्मा, बुढाथोकी र गोरखाका उपाध्याय उत्कृष्ट
  • काँचुली खबर

१८ साउन, कोहलपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले शुक्रबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । नतिजा सार्वजनिक भएसँगै जिल्ला, प्रदेश र राष्ट्रिय स्तरमै उत्कृष्ट नतिजा ल्याउने छात्र-छात्राको चर्चा चुलिएको छ ।

शुक्रबार सार्वजनिक गरिएको नतिजा अनुसार बाँकेका विभिन्न विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुले समेत उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन । जसमध्ये ३.८८ जिपिए सहित नेपालगन्जको आदर्श माविका आदर्श शर्मा बढई जिल्ला प्रथम भएका छन । साइन्स फ्याक्लेटीमा अध्ययनरत शर्मा ३.८८ जिपिए सहित बाँके प्रथम भएको विद्यालयका कोर्डिनेटर महेश्वर जोशीले दावी गरेका छन ।

आदर्श माविकै अर्का छात्र सुविज्ञ बुढाथोकीले ३.८५ जिपिए ल्याएका छन । विद्यालयबाट कक्षा १२ को परिक्षा दिएका कुल ३३५ विद्यार्थीमध्ये ९ जनाको ३.६ प्लस जिपिए आएको विद्यालयले जनाएको छ । त्यसैगरी ५२ जनाको ३.२१ देखी ३.६ जिपिए, १५१ जनाको २.८१ देखी ३.२० जिपिए, १२१ जनाको ३.४१ देखी ३.८० जिपिए र २ जनाको २.१ देखी २.४० जिपिए आएको विद्यालय प्रशासनले जानकारी दिएको छ ।

त्यसैगरी बाँकेको गोरखा युनाईटेड पब्लिक स्कुलका छात्र निसान्त उपाध्ययले ३.८१ जिपिए सहित उत्कृष्ट नतिजा ल्याएका छन ।

कुल ९५ प्रतिशत विद्यार्थी उतीर्ण गराउन सफल भएको गोरखाले बिज्ञान विषय लिएर अध्ययन गरेका उपाध्ययको उत्कृष्ट नतिजा आएको जनाएको छ । त्यसैगरि म्यानेज्मेन्टतर्फ युनिका शेर्पाईलीले ३.६६, र स्नाहा बि.क.ले ३.६५ जिपिए ल्याउन सफल भएकी छन । अन्य उतीर्ण विद्यार्थीहरुको नतिजा पनि ३.५० जिपिएदेखि माथि नै आएको गोरखा युनाईनेट पब्लिक स्कुलले जनाएको छ ।

यसैगरी कोहलपुर क्षेत्रमै सबैभन्दा बढि विद्यार्थी उत्तिर्ण गराउन सफल भएको एभरेष्ट सैनिक सेकेण्डरी स्कुलले दावी गरेको छ । विद्यालयले परिक्षामा सम्मेलित कुल विद्यार्थीहरुमा ५१ जना उतिर्ण गरेको भन्दै कोहलपुर क्षेत्रमै संख्याका हिसावले आफ्नो विद्यालयले बढि उतिर्ण गराउन सफल भएको दावि गरेको हो । विद्यालयमा सबैभन्दा राम्रो नतिजा यज्ञ नेपालीको आएको विद्यालयले जनाएको छ । उनको ३.५० जिपिए आएको छ ।

  • १९ श्रावण २०८१, शनिबार १७:१२ प्रकाशित
  • Nabintech