भेरी अस्पतालका बिरामीकालागि ७ हजार ७३३ पिन्ट रगत सहयोग
  • काँचुली खबर

१७ साउन, नेपालगन्ज । गत आर्थिक वर्षमा नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्ज मार्फत भेरी अस्पतालका बिरामीहरुलाई सात हजार ७३३ पिन्ट रगत निशुल्क उपलब्ध गराईएको छ ।

आर्थिक वर्ष २०८०-८१ मा भेरी अस्पताल नेपालगन्जमा भर्ना भई उपचार गराउन आएका बिरामीलाई ७७३३ पिन्ट रगत निःशुल्क सहयोग गरिएको छ । नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिएका छनज ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

भेरी अस्पताल परिसरभित्र रहेको नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जमार्फत भेरी अस्पतालमा भर्ना भई उपचाररत बिरामीलाई रगतको आवश्यकता परेमा निःशुल्क रगतको व्यवस्थापन भइरहेको प्रमुख रेग्मीले बताए । रेग्मीका अनुसार २०७९ भदौ १९ गतेदेखि भेरी अस्पतालमा भर्ना भएर उपचाररत बिरामीका लागि लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा निःशुल्क रगत उपलब्ध गराउन थालिएको हो ।

भेरीमा दैनिक सरदर २० देखि २५ पिन्ट रगत खपत हुने गर्दछ । जुन रगत रक्त सञ्चार केन्द्रबाट निःशुल्क रूपमा व्यवस्थापन हुने गरेको छ । गत आर्थिक वर्ष उपचार गर्न अस्पताल आएकामध्ये गर्भवती, दुर्घटनामा परेका व्यक्ति, कुनै रोगको शल्यक्रिया गर्दा तथा उपचारका क्रममा बिरामीलाई आवश्यक परेको सात हजार ७३३ पिन्ट रगत निःशुल्क वितरण गरिएको हो ।

भेरी अस्पतालले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रका नागरिकको रिफरल अस्पतालका रूपमा पहिचान बनाएको छ । यी प्रदेशका पहाडी तथा तराईका जिल्लाबाट हरेक दिन बिरामीहरू उपचारका लागि सयौँको सङ्ख्यामा भेरीमा आउने गर्दछन् । विभिन्न जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थाले बिरामीलाई थप उपचार गर्न भेरी अस्पताल पठाउने गरेका छन् ।

आकस्मिक रूपमा आवश्यक पर्ने रगत समयमै मानिसको शरीरमा चढाउन नपाएको अवस्थामा बिरामीको मृत्यु हुने गर्दछ । नागरिकको ज्यान जोगाउन बिरामीलाई आवश्यक पर्ने रगत भेरी अस्पतालमा निःशुल्क रूपमा व्यवस्थापन हुनेगर्छ । भेरी बाहेकका बाहिरी स्वास्थ्य संस्था तथा अन्य अस्पतालमा उपचाररत बिरामीका लागि भने प्रतिपिन्ट एक हजार रुपियाँ सेवा शुल्क लाग्ने गरेको प्रमुख रेग्मीको भनाइ छ ।

उपचारका लागि बाहिरी जिल्लाका कुना कन्दराबाट आउने बिरामीहरू आर्थिक अभावका कारणले समस्या भोगिरहेका हुन्छन् । रेडक्रस सोसाइटी बाँकेले नेपालगन्जस्थित प्रादेशिक रक्तसञ्चार केन्द्रलगायत खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल र कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा स्थापना गरेको रक्तसञ्चार इकाईमार्फत रगतको व्यवस्थापन गर्दैआएको छ ।

रेडक्रस बाँकेले गत आर्थिक वर्षमा १३ हजार ४९० पिन्ट रगत सङ्कलन गरेको थियो । १९ हजार ९९३ पिन्ट रगत वितरण गरिएको थियो । जसमध्ये भेरी अस्पतालमा भर्ना भएका बिरामीका लागि ७ हजार ७३३ पिन्ट रगत खपत भएको थियो । गोरखापत्रबाट

  • १७ श्रावण २०८१, बिहीबार १६:४८ प्रकाशित
  • Nabintech