बाँकेमा सात हजार ७४५ थान राष्ट्रिय परिचयपत्र वितरण
  • काँचुली खबर

१५ साउन, नेपालगन्ज । बाँकेमा सात हजार सात सय ४५ राष्ट्रिय परिचयपत्रका कार्ड वितरण भएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेमा आएका ३४ हजार दुई सय ५१ कार्डमध्ये २६ हजार पाँच सय छ कार्ड वितरण हुन बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिए ।

उनले विभागको निर्देशनअनुसार अहिले प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्रको कार्ड वितरण स्थगन भएको उल्लेख गर्दै कोहलपुर नगरपालीका, बैजनाथ र राप्तीसोनरी गाउँपालिकाका केही वडा, राप्तीसोनारी गाउँपालिका-९ तथा नरैनापुर गाँउपालिकाका वडा नं. १, २, ३, ४ र ५ का लागि रजिष्ट्रेसनको काम भइरहेको बताए ।

“अहिले पनि राष्ट्रिय परिचयपत्रका लागि गाउँगाउँमा धमाधम काम भइरहेको छ”, उनले भने । जिल्लामा अहिलेसम्म दुई लाख ६६ हजार सात सय ५१ जनाको राष्ट्रिय परिचयपत्रका लागि रजिष्ट्रेसन भएको छ । सोमध्ये ५४ हजार तीन सय ३३ जिल्ला प्रशासन कार्यालयबाट परिचयपत्रका लागि रजिष्ट्रेसन भएको हो ।

सहायक प्रजिअ माझीले केही वर्षअघि टोली परिचालन गरेर राष्ट्रिय परिचयपत्र बनाइएको उल्लेख गर्दै उक्त टोलीले २० हजारको रजिष्ट्रेसन गरेको थियो । परिचयपत्र बनाउनेमा नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र नरैनापुर गाउँपालिकाका बढी भएको बताइएको छ ।

  • १५ श्रावण २०८१, मंगलवार १५:०६ प्रकाशित
  • Nabintech