पेरिस ओलम्पिक : खेलाडीलाई कण्डमको सुविधा
  • काँचुली खबर

एजेन्सी । फ्रान्सको पेरिसमा शुक्रबारदेखि खेलकुदको महाकुम्भ मानिने गृष्मकालीन ओलम्पिक २०२४ सुरु भएको छ । यसपटकको ओलम्पिकमा १० हजार भन्दा धेरै खेलाडीहरु सहभागी भएका छन् ।

पेरिसमा ओलम्पिक खेलाडीहरुलाई बस्नका लागि विशेष व्यवस्था गरिएको छ र उनीहरुलाई अनेक सुविधाहरु दिइएको छ ।

खेलका लागि पेरिसमा पुगिसकेका खेलाडीहरुलाई उपलब्ध गराइएका सुविधाहरुको चर्चा एउटा अर्कै कारणबाट पनि भइरहेको छ, त्यो हो उनीहरुले पाएका सामानहरू ।

समाचार अनुसार खेलाडीहरुलाई खानपानको सुविधासँगै कण्डम र अन्तरंग सम्बन्धसँग सम्बन्धित अन्य सामानहरु पनि दिइएको छ ।

रिपोर्ट अनुसार पेरिस ओलम्पिक आयोजकले खेलाडीहरुलाई नि:शुल्क रुपमा कण्डम उपलब्ध गराएका छन् । साथै अन्तरंग पलमा प्रयोग हुने अन्य विभिन्न प्रडक्टहरु पनि दिइएको छ ।

डेलीमेलका अनुसार पेरिसको खेलाडी ग्राममा ठाउँठाउँमा कण्डमका प्याकेटहरु राखिएका छन् । करिब २० हजार कण्डम विभिन्न ठाउँमा राखिएका छन् । साथै १० हजार डेन्टल डेम्स र अन्य इन्टिमेसीसँग सम्बन्धित चिकित्सा सुविधाहरु पनि उपलब्ध गराइएको छ ।

एकजना खेलाडीले बताए अनुसार अहिले त उनी आफ्नो दौडमा केन्द्रित छन् तर प्रतिस्पर्धा पूरा भएसँगै रमाइलो गर्ने बेला आउनेछ र त्यस बखत निकै मज्जा लिनेछन् ।

द सनमा प्रकाशित रिपोर्ट अनुसार क्यानडाका एक खेलाडीले टिकटकमा पेरिसमा प्राप्त भएका कण्डमको तस्वीर शेयर गरेका छन् ।

खेलाडीलाई उपलब्ध गराइएका कण्डमका प्याकेटमा विभिन्न खालका सन्देश पनि लेखिएको छ । खेलाडीहरुलाई मोबाइल फोन पनि उपलब्ध गराइएको छ ।

कतिपय खेलाडीहरुले आफ्नो कोठामा रहेको ओछ्यानमा उफ्रिरहेको भिडियो समेत खिचेर इन्स्टाग्राममा राखेका छन् ।

  • १५ श्रावण २०८१, मंगलवार १२:३६ प्रकाशित
  • Nabintech