कोहलपुरमा लोरीकाे चर्चा, दर्जनबढि गजल वाचन
  • काँचुली खबर

११ साउन, काठमाडौं । गजलकार खिम के.सी. काे गजल संग्रह लोरीको चर्चा शुक्रवार ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत कोहलपुरमा सम्पन्न भएको छ ।

गजलकार के.सी. ले करिब दर्जनबढी गजलहरू वाचन गरें । उनले आफू हाल अमेरिका बस्दै आए पनि बिदाको दिनलाई सदुपयोग गर्दै गजलको पुस्तक प्रकाशन गरेकाे बताए ।

आधुनिकताको विकाससँगै आजको पुस्तालाई लोरीको महत्त्व बुझाउन लोरी प्रकाशन भएको कार्यक्रमका समीक्षक एवं गजलकार कपिल अन्जानले बताए । उनले के.सी. अमेरिका बस्दै आए पनि पुरै नेपाली भुगोल, नेपाली माटोलाई गजलमा उतारेको बताए । अहिले पुस्ताले लोरी पढ्नै पर्ने गजल संग्रह रहेको समेत अन्जानले बताए ।

कार्यक्रममा प्रमुख अतिथि डा. टिकाराम उदासीले परम्परागत गजल लेखन र अहिलेको नेपाली गजलको मुल स्रोत, मुल आधार भनेकै हाम्रै परिवेश, हाम्रै गाउँ, समाज भएकाले पनि गजल अब्बल भएको बताए । उनले के.सी. का गजलले परदेश गएर घरमा एक्लै भएका बा-आमाको मनोभावना समेत समेटेको बताए ।

कार्यक्रमका तथा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष चेतकान्त भट्टराईले निरन्तर साहित्य मार्फत समाज रूपान्तरणमा लाग्न आग्रह गरे । उनले यस्ता कृतिहरू पुस्तकालयसम्म आइपुग्ने गरि पठाइदिन पनि आग्रह गरे ।

  • ११ श्रावण २०८१, शुक्रबार २०:१५ प्रकाशित
  • Nabintech