आँखाको ज्योती गुमेका नेपालीको उपचारमा सहयोग गर्न अपिल
  • काँचुली खबर

९ साउन, कोहलपुर । जाजरकोट कुशे गाउँपालिका ९ का मनसुर नेपाली (काल्ठेरे) ले दुबै आँखा देख्दैनन् । ६० वर्ष उमेरका उनीले दुबै आँखाले काम गर्न छोडेपछि साहारा बिहिन भएका छन ।

निम्न आर्थिक अवस्थाबाट गुज्रिरहेका नेपालीले पहिलेदेखि नै अर्काको ज्याला मजदुरी गरेर घर परीवार पाल्दै आएका थिए । तर एक्कासी दुबै आँखाको ज्योती गुमेपछि उनि अहिले घरमै थलिएका छन ।

ज्याला मजदुरीगरेरै दुई छोरी, एक छोरा र श्रीमतीको जिम्मेवारी सम्हाल्दै आएका नेपाली नै ओछ्यानमा थलिएपछि अहिले नेपालीको परीवार समस्यामा परेको छ । घरपरिवारको अवस्थामा नाजुक भएकै कारण उनको आँखाको उपचार समेत हुन पाएको छैन ।

यसैबिच स्थानिय युवाहरुको सक्रियतामा नेपालीको आँखाको उपचारको लागि रकम संकलन अभियान सुरु गरीएको छ ।
नेपालीको उपचार सहयोगार्थ रकम संकलन गरिरहेको स्थानिय नविन सिंहले बताए । उनका अनुसार हालसम्म विभिन्न ब्यक्तहरुबाट ३७ हजार १ सय ११ रुपैयाँ संकलन भएको छ ।

जसमा कुशे गाउँपालिका ९ निवासी हाल विदेशमा रहेका प्रेम रोकाय र नबयूक विवेकले १०,०००, हाल काठमाडौ बस्दै आएका दिनेश रोकायले १००००, हाल काठमाडौमा बस्ने निर्मला शाह ५०००, खीम रोकायले ५०००, कैलाश सिंह ठकुरीले ४०००, कुशे-८ रोकाया यशा क्षेत्रीले २००० र कुशे ७ का गोबिन्द सिहबाट १ हजार १ सय ११ रुपैयाँ सहयोग प्राप्त भएको सिंहले बताए ।

नेपालीको उपचारमा सहयोग गर्न चाहनेले नविन सिंहको सिटिजन बैंकमा रहेको खाता वा ९८६३०८९२६५ नम्बरको मोवाइल बैंकिङ्गमा रकम जम्मा गर्न सकिने बताईएको छ ।

  • ९ श्रावण २०८१, बुधबार १९:१५ प्रकाशित
  • Nabintech