इन्दु, सीता र रुबिनाको अलराउन्डर वरीयतामा सुधार
  • काँचुली खबर

९ साउन, काठमाडौं । नेपालका तीन महिला क्रिकेट खेलाडीले अलराउण्डर वरीयतामा सुधार गरेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सोमबार सार्वजनिक गरेको महिला क्रिकेट खेलाडीको वरीयतामा रुबिना क्षेत्री, सीता राना मगर र इन्दु बर्माले आफ्नो अलराउन्डर वरीयतामा सुधार गरेका हुन् ।

नेपाली महिला क्रिकेट टिमकी पूर्वकप्तान रुबिना क्षेत्रीले ६ स्थान सुधार गर्दै ४८ औं स्थानमा उक्लिएकी छिन् ।

यस्तै अर्की सिनियर खेलाडी सीता राना मगरले १५ स्थान सुधार गर्दै ५८ औं स्थानमा उक्लिएकी छिन् ।

नेपालकी कप्तान इन्दु बर्मा पनि १२ स्थान सुधार गर्दै ६७ औं स्थानमा उक्लिएकी छिन् ।

टी-२० महिला अलराउन्डरको वरीयतामा वेष्ट इन्डिजकी ह्याले म्याथयू शीर्ष स्थानमा रहेकी छिन् ।

अष्ट्रेलियाकी अग्ले गार्डनर दोस्रो स्थानमा छिन् भने भारतकी दिप्ती शर्मा तेस्रो स्थानमा रहेकी छिन् ।

  • ९ श्रावण २०८१, बुधबार १६:१९ प्रकाशित
  • Nabintech