‘म प्रधानमन्त्रीको लायक छु, बनेरै छाड्छु” : रेखा थापा
  • काँचुली खबर

नायिका रेखा थापाले आफू राजनीतिमा असफल नभएको दाबी गरेकी छिन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै थापाले आफु बहुत सफल हुने दाबी गरेकी हुन् । “लेखेर राख्नुस्, म बहुत सफल हुन्छु । म हन्ड्रेड प्रर्सेन्ट कुनै बेला यो देशको नेतृत्व गर्ने ठाउँमा पुग्छु ।” उनले भनिन ।

कोटा वा किस्तीमा दिइएको पदले नभै आफ्र्न क्षमताका आधारमा प्रतिस्पर्धामार्फत आफु देशको नेतृत्व तहमा पुग्ने दाबी थापाको छ । चुनावमा महिलालाई प्रत्यक्षतर्फ नलडाएर समानुपातिकमा मात्रै राखिएकोप्रति उनले असन्तुष्टी व्यक्त गरेकी छिन् । आफु जस्ता धेरै नारीहरु जो देशको नेतृत्व गर्ने क्षमता राख्ने उल्लेख गर्दै भनिन ‘म प्रधानमन्त्रीको लायक छु । बनेरै छाड्छु ।”

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

पहिला प्रचण्ड निकट, अहिले पशुपतिशमशेर राणा निकट, यसरी पार्टी फेर्दै हिँड्ने मान्छे कसरी क्षमतावान हुन्छ भन्ने प्रश्नमा थापाले कुटनीतिक जवाफ दिदै भनिन्, “प्रचण्ड पनि यही देशका नागरिक हुन्, पशुपतिशमशेर पनि यही देशका नागरिक हुन् । म विदेशी मान्छेसँग त छैन नि ।” जोसँग नजिक भए पनि देशकै लागि केही गर्ने चाहना भएको उनको दाबी छ । “कागजी सिद्धान्तले जनताको आँखामा छारो हाल्ने काम गर्न त भएन नि ।” उनले भनिन् । आफूले पार्टी परिवर्तन गर्नु सामान्य भएको भन्दै उनले आफूले देश परिवर्तन नगरेको तर्क पेश गरिन् ।

  • १० श्रावण २०७५, बिहीबार १८:०० प्रकाशित
  • Nabintech