साैर्य एयरकाे जाहाज दुर्घटना, १८ जनाकाे मृत्यु*
  • काँचुली खबर

९ साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै जहाज एकाएक खसेको थियो । ९ एनए एमई कलसाइनको उक्त जहाज दुर्घटना भएपछि विमानस्थलमा आगाेकाे मुस्लो देखिएको छ ।

दुर्घटनामा चालक मनिष शाक्यलाई घाइते अवस्थामा उद्धार गरेर काठमाडौँ मेडिकल कलेज पठाइएको छ । यस्तै अन्य यात्रुहरुको उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन् । दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले १८ जनाको मृत्यु भएको पुष्टि गरेका छन ।

सौर्य एअरलाइन्सको (एन एएमई) जहाज दुर्घटनापछि गृहमन्त्री रमेश लेखक घटनास्थल पुगेका छन् । जहाज उड्नेवित्तिकै विमानस्थलको धावनमार्गबाट उत्तरपूर्वतर्फ पर्ने केही नजिकको क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।

विमानस्थलबाट उड्ने बित्तिकै असन्तुलित भएर जहाज तल भुईँमा खसेको बताइएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको थियो ।

उक्त जहाज मर्मतका लागि भनेर काठमाडौँबाट पोखराका लागि उडेको खुलेको छ । एयरलाइन्सका अध्यक्ष दीपक पोख्रेलले जहाज मर्मतका लागि पोखरा पठाइएको पुष्टि गरेका छन ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले १८ जनाको मृत्यु भएको पुष्टि गरे । दुर्घटनामा घाइते भएका चालक मनिष शाक्यलाई उद्धार गरेर काठमाडौँ मेडिकल कलेज पठाइएको छ ।

*यसअघि प्रवक्ताले २२ जनाको मृत्यु भएको जानकारी गराएकाेमा पछि प्राधिकरणले विवरण सच्याएकाले सोहीअनुसार समाचार पनि क्षमायाचनासहित सच्याइएको छ – सम्पादक

  • ९ श्रावण २०८१, बुधबार १२:४३ प्रकाशित
  • Nabintech