नमस्ते सहकारीका बचतकर्तालाई जाहेरी दिन बाँके प्रहरीको आग्रह
  • काँचुली खबर

८ साउन, नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेड सम्बन्धि जाहेरी दिन बचतकर्ताहरुलाई आग्रह गरेको छ । सो सहकारीको रकम हिनामिना (अपचलन) भएको कसुरको अनुसन्धानका लागी बचत रकम एकिन गर्नुपर्ने भएकाले बाँकेका बचतकर्ताहरुलाई आफ्नो बचत रकमको प्रमाण सहित १० दिन भित्र जाहेरी दरखास्त दिन प्रहरीले अनुरोध गरेको हो ।

मंगलबार एक सूचना जारी गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले १० दिनभित्र जाहेरी दिन आग्रह गरेका छन ।

“सहकारी दर्ता अधिकारीको कार्यालय राप्ती उपत्यका (देउखुरी) दाङको पत्र जाहेरीले बादी नेपाल सरकार प्रतिवादी नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक समितिका अध्यक्ष बिष्णु बहादुर रिमाल समेत भएको बचतकर्ताहरुको रकम हिनामिना (अपचलन) गरेको कसुरको अनुसन्धान तहकिकातको सिलसिलामा बचतकर्ताहरुको बचत रकम एकिन गर्नु पर्ने भएकोले बाँके जिल्लामा रहेका नमस्तें बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताहरुलाई आफ्नो बचत रकमको प्रमाण सहित १० दिन भित्र जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दरखास्त दिन हुन अनुरोध छ” डाँगीद्धारा जारी गरीएको सूचनामा भनिएको छ ।

  • ८ श्रावण २०८१, मंगलवार १८:५० प्रकाशित
  • Nabintech