८ साउन, नेपालगन्ज । साउन महिना सुरु भएसँगै नरैनापुरस्थित सन्तानेश्वर महादेव मन्दिरमा धार्मिक पर्यटकको चहलपहल सुरु भएको छ । नेपालगन्जदेखि ३० किलोमिटर टाढा अवस्थित उक्त मन्दिर पुग्न करिब ६ किलोमिटर जङ्गलको कच्ची बाटो र त्यसपछि दुई किलोमिटर उकालो पैदलयात्रा गर्नुपर्छ ।
हिजो सोमबार बाँके, बर्दिया, दाङलगायत भारतबाट पनी सान्तानेश्वरमा भक्तजन आएका मुख्य पुजारी योगानन्द गिरीले जानकारी दिए । धार्मिक पर्यटनको प्रचुर सम्भावना भएको सन्तानेश्वर पुग्ने सडक सहज नहुँदा समस्या भएको नरैनापुरका सोहनलाल यादव बताउँछन । पहाडको माथिल्लो भागमा रहेको मन्दिरबाट जङ्गलका साथै मनोरम प्राकृतिक दृश्य देख्न सकिन्छ ।
पछिल्लो समय सन्तानेश्वरमा पूजाआजा गर्नेको भीड लाग्ने गरेको छ । यसलाई धार्मिक पर्यटकको केन्द्र बनाउन सकिने भन्दै सरोकारवाला निकाय तथा ब्यक्तहरुले निरन्तर प्रयास समेत गर्दै आईरहेका छन ।
८ श्रावण २०८१, मंगलवार १६:४३ प्रकाशित