बाँकेका संचारकर्मीसँग ‘स्नेह मिलन कार्यक्रम’ सम्पन्न
  • काँचुली खबर

oplus_0

७ साउन, नेपालगन्ज । बाँकेको नेपालगन्जमा मिडिया स्नेह मिलन रिफ्रेसमेन्ट कार्यक्रम सम्पन्न भएको छ । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, क्षेत्रीय कार्यालय नेपालगन्जको आयोजनामा सोमबार स्वच्छ र स्वस्थ समाजका लागि आध्यात्मिक सशक्तीकरण : मिडियाको भूमिका विषयक स्नेह मिलन रिफ्रेसमेन्ट कार्यक्रम सम्पन भएको हो ।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रका केन्द्रीय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषीको प्रमुख आतिथ्यतामा संचारकर्मीहरुकालागी एक दिने स्नेह मिलन कार्यक्रम आयोजना गरीएको थियो ।

कार्यक्रममा राजयोगिनी ब्रह्माकुमारी दुर्गा दिदीले स्वयंलाई सशक्त बनाउन दिमागलाई ठण्डा, मुखलाई मीठो र दिललाई प्रेमभावयुक्त बनाउदै मनमा आएका नकारात्मक कुराहरुलाई हटाउँदै अघि बढ्नुपर्ने बताईन । मिडियाको व्यस्तताको बीचमा पनि योग ध्यानको पद्धतिलाई अपनाउन सके मानसिक तनावबाट मुक्त भई आफ्नो क्षेत्रमा अगाडि बढ्न सकिने बताउदै उनले भनिन, “यदि कसैले झटारो हाने, गाली गलौज गरे भने जीवनरुपी डालीमा सुन्दर फल लागेछ भनि खुशी हुनुहोला ।”

राजयोग सेवाकेन्द्रलाई रिचार्ज सेन्टर तथा व्युटिपार्लरको संज्ञा दिदै दुर्गा दिदीले आफूलाई रिचार्ज गर्न र मानसिक रुपमा व्यूटि बनाउन सबैलाई राजयोग सेवाकेन्द्रमा आउन अपिल समेत गरेकी थिईन् ।

कार्यक्रममा सहभागी संचारकर्मीहरुले आफ्नो क्षेत्रमा स्वच्छ र स्वस्थ रहन आध्यात्मिक ज्ञानले निकै सहयोग पुर्‍याउने उल्लेख गर्दै ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले आध्यात्मिक क्षेत्रमा खेलेको भुमिकाको प्रशंसा गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषी चौलगाँईले आध्यात्मिकताले जीवनलाई संयमित र सरल बनाउने उल्लेख गर्दै ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले हजारौं ब्यक्तीको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सफल भएको बताए ।

कार्यक्रममा वरिष्ठ पत्रकार निरज गौतम, झलक गैरे, पत्रकार महासंघ बाँकेका कार्यवहाक अध्यक्ष संगिन शर्मा, पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य मोहम्मद आरिफ अन्सारी, सरला सुवेदी, शरण कर्माचार्य, बिजय बर्मा लगायतले स्नेह मिलन कार्यक्रमबाट छुट्टै उर्जा र खुशी प्राप्त भएको भन्दै खुसी ब्यक्त गरेका थिए ।

  • ७ श्रावण २०८१, सोमबार २०:४२ प्रकाशित
  • Nabintech