महिला एसिया कप : नेपालको बिजयी सुरुवात
  • काँचुली खबर

४ साउन, काठमाण्डौं । ओपनर सम्झना खड्काको अर्धशतकमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोली एसीसी महिला एसिया कपको पहिलो खेलमा बिजयी भएको छ ।

नेपालले युएईलाई ६ विकेटले हराएको छ । श्रीलंकाको धम्बुलामा शुक्रबार भएको खेलमा नेपालले सुखद सुरुवात गरेको हो । युएईले दिएको ११६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा पूरा गरेको थियो ।

नेपालका लागि सम्झना खड्काले विष्फोटक ब्याटिङ गरेपछि नेपालले जित सुनिश्चित भएको थियो । खड्काले सर्वाधिक ७२ रन बनाइन् । ४५ बलमा उनले ११ चौका प्रहार गर्दै अविजित रहिन्।

नेपालका लागि सिता रानामगरले ७, कविता कुँवरले २ तथा इन्दु वर्माले ६ रन जोडिन् । रुविना क्षेत्रीले १० रन बनाईन ।

त्यसअघि टस हारी ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १६।१ ओभरमा केवल चार विकेट गुमाएर एक सय १८ रन बनाउँदै विजय लक्ष्य पार गरेको हो ।

नेपाललाई महत्वपूर्ण जित दिलाउन बलिङतर्फ कप्तान इन्दू बर्मा र ब्याटिङतर्फ सम्झना खड्काले महत्वपूर्ण योगदान गरे । इन्दूले तीन विकेट लिइन् भने सम्झनाले उत्कृष्ट अर्धशतकीय पाली खेलिन् । अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो पहिलो अर्धशतक प्रहार गर्ने क्रममा २४ वर्षीया सम्झनाले अविजित ७२ रन बनाइन् ।

  • ४ श्रावण २०८१, शुक्रबार १७:३४ प्रकाशित
  • Nabintech