महिला एसिया कपमा नेपालले पायो ११६ रनको लक्ष्य
  • काँचुली खबर

४ साउन, काठमाडौँ । श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)बाट जितका लागि एक सय १६ रनको लक्ष्य पाएको छ । टस हारी ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रन बनाएको हो ।

नेपाली टोलीका बलरहरुले उत्कृष्ठ प्रदर्शन गरे । कप्तान इन्दू बर्माले तीन विकेट लिइन् । उनले चार ओभरमा १९ रन खर्चिइन् । सबनम राई, कृतिका मरासिनी र कविता जोशीले पनि एक-एक विकेट हात पारे । यूएईका लागि छैटौँ नम्बरकी ब्याट्र खुशी शर्माले सर्वाधिक ३६ रन बनाइन् ।

यसैगरी पाँचौँ नम्बरकी ब्याटर कविसा एगोडेगले पनि २२ रन बनाइन् । समाइरा धरनिधरकाले १३ र कप्तान एसा ओजाले १० रन जोडे । यूएईका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । यूएईले अतिरिक्त रुपमा केवल दुई रन पायो ।

  • ४ श्रावण २०८१, शुक्रबार १६:०७ प्रकाशित
  • Nabintech