कोहलपुर-नेपालगन्ज सडकखण्डमा दुर्घटना, एक महिलाको मृत्यु
  • काँचुली खबर

४ साउन, कोहलपुर । बाँकेको कोहलपुर–नेपालगन्ज सडकखण्डमा शुक्रबार दिउँसो सडक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

नेपालगंजबाट कोहलपुर तर्फ गइरहेको लु २ ख ४६ नम्बरको बसले जानकी गाउँपालिका वडा न. ६ गनापुरमा ठक्कर दिदा पैदल यात्रुको मृत्यु भएको हो ।

बसको अगाडिको पट्टा भाँचिएर भएको भनिएको दुर्घटनामा ६५ वर्षिय कालवती भाटको मृत्यु भएको छ । शवलाई नेपालगंज नर्सिङ होममा राखिएको प्रहरीले बताएको छ ।

बस चालक प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

  • ४ श्रावण २०८१, शुक्रबार १५:५८ प्रकाशित
  • Nabintech