पछिल्लो ११ महिनामा दोब्बरले बढ्यो वैदेशिक लगानी
  • काँचुली खबर

३० असार, काठमाण्डौं । चालुु आर्थिक वर्षको ११ महिनामा मुुलुकमा भित्रिने वैदेशिक लगानी (एफडिआई) दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार चालुु आवको साउनदेखि जेठ महिनासम्म आठ अर्ब १६ करोड रुपियाँ विदेशी लगानी भित्रिएको हो ।

गत वर्ष सो अवधिमा चार अर्ब ६५ करोड रुपियाँ लगानी भित्रिएको थियो । गत आवको ११ महिनाको तुुलनामा यस आवको ११ महिनामा चार अर्ब ४९ करोड रुपियाँ वैदेशिक लगानी भित्रिएको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ ।

नीतिगत सुधारसँगै चालु आवको सुरुदेखि नै विदेशी लगानी क्रमिक रूपमा बढ्दै गएको तथ्याङ्कले देखाएको छ । गोरखापत्रमा समाचार छ ।

  • ३० असार २०८१, आईतवार १७:३५ प्रकाशित
  • Nabintech