बाँकेका चार सहित लुम्बिनी प्रदेशका १८ उत्कृष्ट विद्यार्थी सम्मानित
  • काँचुली खबर

बाँकेबाट उत्कृष्ट नतिजा ल्याएकी तक्षशिला एकेडेमीकी छात्रा निलम खड्का ।

३० असार, दाङ । नेशनल प्याब्सन लुम्बिनी प्रदेशले २०८० को एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने लुम्बिनी प्रदेशका १८ जना विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ । नेशनल प्याब्सनले शुक्रबार दाङको लमहीमा एक कार्यक्रमको आयोजना गरी लुम्बिनी प्रदेश र जिल्ला स्तरमा सर्वोत्कृष्ट अंक ल्याउने १८ जना विद्यार्थीहरूलाई सम्मान-पत्र सहित नगद पुरस्कारले सम्मान गरेको हो ।

२०८० सालको एसइइमा अर्घाखाँचीका दिक्षान्त चुँदालीलाई लुम्बिनी प्रदेशकै उत्कृष्ट विद्यार्थीका रुपमा सम्मान गरीएको छ । । चुँदालीले ३.९६ जिपी अंक ल्याएर प्रदेश उत्कृष्ट भएका हुन् ।

त्यस्तै जिल्लाबाट उत्कृष्ट भई सम्मानित हुनेहरुमा बाँकेबाट निलम खड्का, समीक्षा थापा, सुमित यादव, बाबुराम शर्मा रहेका छन । बर्दियाबाट जेनिशा सेधाई, सुजन पौडेल,दाङबाट अश्लेशा धिताल, सुगम केसी, रुपन्देहीबाट सिदान्त चतुर्बेदी, मोनालिशा सुवेदी, कपिलबस्तुबाट बालकृष्ण कोहार, स्नेहा चौधरी, अर्घाखाँचीबाट नाइसा बेल्बासे तथा नबलपरासीबाट सामना न्यौपाने र प्रसिद्ध अधिकारी सम्मानित भएका छन ।

यस्तै गुल्मीबाट रबिन क्षेत्री र प्रतिभा भण्डारी सम्मानित भएका छन् । उनीहरुलाई नगद पाँच हजार तथा प्रमाण-पत्रले सम्मान गरिएको हो ।

नेशनल प्याब्सन लुम्बिनी प्रदेशका उपाध्यक्ष डिल्लीराम काफ्लेको अध्यक्षता एवम् केन्द्रीय उपाध्यक्ष सुबोधकुमार डाँगीको प्रमुख आतिथ्यतामा भएको विद्यार्थी सम्मान कार्यक्रमको संयोजक नेशनल प्याब्सन लुम्बिनी प्रदेश समितिका सह-कोषाध्यक्ष कमल पछाई रहेका थिए।

  • ३० असार २०८१, आईतवार १७:०८ प्रकाशित
  • Nabintech