३० असार, कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाका दुई विद्यालय सम्मानित भएका छन् । शुक्रबार एन प्याब्सन लुम्बिनी प्रदेशले आयोजना गरेको कार्यक्रममा एन प्याब्सनमा आवद्ध बाँके जिल्लाका संस्थागत विद्यालयहरुमध्ये कोहलपुरका पञ्चमुखी ईमि स्कुल र जनज्योति पब्लिक हाई स्कुल सम्मानित भएका हुन् ।
पञ्चमुखी ईमि स्कुलका एमडी किशोरराज मल्ल र जनज्योति पब्लिक हाई स्कुलका एमडी वेगम चन्दलाई सम्मान गरीएको हो । पञ्चमुखीका छात्रतर्फ सुमित यादव पनि सम्मनित भएका छन् । उनले ३.८६ जिपीए ल्याएका थिए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
एसईई परीक्षामा नेशनल प्याब्सन लुम्बिनी प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल भएकोले कोहलपुरका दुई विद्यालयलाई सम्मान गरिएको नेशनल प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष कुवेर बस्नेतले जानकारी दिए ।
कोहलपुरको पञ्चमुखी ईमी स्कुलले २०८० को एसईई परीक्षामा सहभागि सबै ३८ जना विद्यार्थीहरू उत्तीर्ण भएका थिए भने जनज्योति पब्लिक हाई स्कुलले २०८० को एसईई परीक्षामा सहभागि सबै ५६ जना विद्यार्थीहरु उतीर्ण भएका थिए ।
३० असार २०८१, आईतवार १६:३४ प्रकाशित