२९ असार, नेपालगन्ज । बाँकेको नेपालगन्जबाट २४ लाख रुपौयाँ सहित ४ जना हुण्डी कारोबारी पक्राउ परेका छन । अवैध रूपमा हुण्डीको कारोबार गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी टोलीले शुक्रबार नगदसहित नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता, डिएसपी नारायण डाँगीले नेपालगन्ज उपमहानगरपालिका १२ बाट नगद र हुण्डीमा संलग्न हरहिसाबसहित चार जनालाई नियन्त्रणमा लिइएको बताए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उनले नेपालगन्ज-१२ बेलासपुरमा हुण्डी कारोबार हुँदैछ भन्ने सूचनाका आधारमा प्रहरीले कारबाही गर्दा २४ लाख ६२ हजार ३१५ रुपियाँ नगद र हुण्डी कारोबारको हिसाब राखेको कपी र नोटबुकसहित पक्राउ गरेको बताए ।
प्रहरीले त्यस क्रममा हरहिसाब राखेको कपी थान १, सानो नोट बुक थान १, विभिन्न व्यक्तिको नाममा विभिन्न बैङ्कमा पैसा जम्मा गरेको भौचरसहित हुण्डी कारोबारमा संलग्न नेपालगन्ज १८ का राजेश भुजूँ श्रेष्ठ, नेपालगन्ज ३ का सोयब कादरी हलवाई, कोहलपुर ७ का निमबहादुर बोहरा र कञ्चनपुर भीमदत्त नगरपालिका-७ घर भई नेपालगन्ज-३ मा बस्दैआएका राहुल देवललाई पक्राउ गरेको प्रहरी प्रवक्ता डिएसपी डाँगीले बताए ।
२९ असार २०८१, शनिबार १७:५० प्रकाशित