‘कपि एण्ड पेष्ट’ पत्रकारीतालाई निरुत्साहित गरौं : काउन्सिल अध्यक्ष बस्नेत
  • काँचुली खबर

२६ असार, नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ‘कपि एण्ड पेष्ट’ पत्रकारीतालाई निरुत्साहित गर्नुपर्ने कुरामा जोड दिएका छन । प्रेस काउन्सिल नेपालको आयोजनामा आज नेपालगन्जमा आयोजित ‘पत्रकारितामा युट्युबसहित सामाजिक सञ्जालको प्रभाव’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले ‘कपि एण्ड पेष्ट’का कारण पत्रकारीताको महत्व घट्दै गएकाले तत्काल यस्तो प्रवृत्ति रोक्नुपर्ने बताएका हुन ।

सबै संचारमाध्यममा एउटै शिर्षक र एकै प्रकृतिको समाचार आउँदा संचारमाध्यम प्रति पाठकको रुची घट्दै गएको भन्दै अध्यक्ष बस्नेतले कतिपय पत्रकारहरुले गरेको कर्मका कारण नेपालमा पत्रकारिता माथि प्रश्न उठिरहेको बताए । पाठक वा उपभोक्ताको माग अनुसार संचारमाध्यममलाई परिस्कृत गर्दै समाचारको कन्टेन्टमा समेत फरकपन दिनुपर्ने उनले बताए ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उनले नागरिकबाट प्रत्रकारिताका बिषयमा प्रश्न उठ्न थालेको तर्फ सचेत गराउँदै प्रश्न उठ्ने अवस्था आउन नदिन पत्रकारहरुले मेहनत गर्ने बेला आएको बताए । पछिल्लो समय सुचना प्रबिधिले ठुलो फड्को मारेको उल्लेख गर्दै उनले पुरानै ढर्रामा रहेर मिडिया चलाउन नसकिने स्पष्ट पारे ।

संविधानतः राज्यले प्रेस काउन्सिल गठन गरेपनि सहज वातावरणमा काम गर्ने अवस्था नरहेको बताउँदै बस्नेतले भने, ‘सरकारले काउन्सिललाई तलव खा र चुपचाप बस भन्ने जस्तो ब्यवहार देखाई रहेको छ ।’

लोककल्याणकारी विज्ञापनका नाममा करोडैं रूपैयाँ अपारदर्शी ढंगले बितरण भईरहेको तर्फ ईगिंत गर्दै अध्यक्ष बस्नेतले सरकारी निकायबाट कहिँकतै दर्ता नभएका, अनलाईन र सामाजिक सञ्जाललाई करोडौं भुक्तानी हुने गरेकाले त्यस विरुद्ध कलम चलाउन पत्रकारहरुलाई आग्रह समेत गरे ।

पछिल्लो समय युट्युबले समाजमा प्रभाव पारिरहेको चर्चा गर्दैै त्यसलाई नियमन गर्न काउन्सिलले प्रयास गरिरहेको जानकारी दिए । काउन्सिल लगायतका नियमनकारी निकायमा दर्ता भएका मिडियाहरुबाट सञ्चालनमा रहेका युट्युबहरुको अभिलेख राख्ने गरिएपनि ब्यक्तिगत संचालनमा रहेका युट्युबलाई कानुनको दायरामा ल्याउन नसकिने उनले जिकिर गरे ।

सबै संचारमाध्यमलाई वर्गीकरण गरी समानुपातीक विज्ञापन निति लागु गनुपर्ने राय सहित सरकारलाई सुझाव दिएको उल्लेख गर्दै अध्यक्ष बस्नेतले कमजोर अवस्थामा रहेका छापा माध्यमलाई उकास्न मर्जको निति लागु गर्ने सम्बन्धमा समेत अध्ययन भईरहेको बताए ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले सामाजिक सञ्जालको प्रयोग र यसको प्रभावका बारेमा धारणा राखेका थिए । उनले सामाजिक संजाललाई मिडियाकै दर्जामा राख्न हतारो गर्न नहुने बताए ।

कार्यक्रममा पत्रकार झलक गैरेले युट्युब, स्थानीय मिडिया र सामाजिक सञ्जालको समाजमा रहेको प्रभावका बारेमा अवधारणा प्रस्तुत गरेका थिए भने पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषी चौलागाईले आफ्नो धारणा राखेका थिए ।

नेपाल पत्रकार महासंघ बाँके शाखाका कार्यबाहक अध्यक्ष संगिन शर्माले स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा सहभागी पत्रकार तथा संचारकर्मीहरुले सुझाव सहितका विभिन्न प्रश्न गरेका थिए ।

नेपाल पत्रकार महासंघ बाँके शाखाको समन्वयमा प्रेस काउन्सिल नेपालले कार्यक्रम आयोजना गरेको थियो ।

  • २६ असार २०८१, बुधबार १८:५१ प्रकाशित
  • Nabintech