२६ असार, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ मा पुँजीगततर्फ ७० प्रतिशत खर्च गरेको छ ।
नेपालगन्ज उपमहानगरका लेखा प्रमुख लोकेन्द्र रावतका अनुसार चालु आवको कुल बजेटमध्ये एक अर्ब ८५ करोड ४६ लाख ९० हजार ६६५ रुपियाँ व्ययतर्फको बजेट रहेकोमा असार २४ गतेसम्म एक अर्ब ४७ करोड दुई लाख १५ हजार ६१७ रुपियाँ मात्रै खर्च भएको छ ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
सो खर्चमध्ये चालुतर्फ ८३.४७ प्रतिशत र पुँजीगततर्फ ७०.१८ प्रतिशत गरी जम्मा ७९.२७ प्रतिशत खर्च भएको लेखा प्रमुख रावतले जानकारी दिए ।
यसैगरी, चालु आवमा एक अर्ब ८५ करोड ४६ लाख ९० हजार ६६५ रुपियाँ रहेकोमा आर्थिक वर्षको अन्त्यसम्ममा एक अर्ब ७५ करोड ४७ लाख एक हजार ३५९ रुपियाँ मात्रै प्राप्त भएको छ ।
स्थानीय तहहरूमा असार २४ गतेदेखि आर्थिक कारोबार बन्द भएको छ । नगर प्रमुख प्रशान्त विष्टले नगरभित्र पुँजीगततर्फ शतप्रतिशत खर्च हुने अवस्था निर्माणका लागि प्रयास गरिरहेको भन्दै आगामी वर्ष सबैको साथ र सहयोगमा पुँजीगत खर्च शतप्रतिशत पुर्याउन सकिने बताए ।
नेपालगन्ज उपमहानगरले २३ वटै वडामा वडा कार्यालयको अलगै खाता सञ्चालन गरी आर्थिक कारोबारको अधिकार दिएको छ ।