जोन सिनाले लिए रेस्लिङबाट सन्यास
  • काँचुली खबर

एजेन्सी । अमेरिकी रेस्लर एवं अभिनेता जोन सिनाले वल्ड रेस्लिङ इन्टरटेनमेन्ट (डब्यूडब्यूई) बाट सन्यास लिएको घोषणा गरेका छन् ।

क्यानडामा शनिबार राति सम्पन्न मनी इन द बैंकमा उपस्थित भएका सिनाले सन्यासको घोषणा गरेका हुन्।

उनले २०२५ को रोयल रम्बल, एलिमिनेशन च्याम्बर र लस भेगासमा हुने रेसलमेनिया ४१ आफ्नो प्रतियोगिताको अन्तिम हुने बताए। ​४७ वर्षीय सिना सन् २००१ देखि रेस्लिङमा निरन्तर छन्। उनी १६ पटक विश्व च्याम्पियन बनेका छन्। ​

सिना अभिनेता पनि हुन्। उनले सन् २००६ मा ‘द मरिन’ फिल्मबाट अभियनमा डेब्यू गरेका थिए। उनले आधा दर्जनभन्दा बढी ठूला हलिउड फिल्ममा अभिनय गरेका छन्। बढ्दो उमेरका कारण सन् २०१८ देखि सिना डब्यूडब्यूईमा पार्ट टाइमका रुपमा सहभागी थिए।

  • २४ असार २०८१, सोमबार १५:४० प्रकाशित
  • Nabintech