मनमोहक जुम्ला (फोटो फिचर)
  • काँचुली खबर

२४ असार, जुम्ला । जुम्ला पुग्नेहरुका लागि पहिलो पर्यटकीय गन्तव्य हो, तातोपानी गाउँ । तिला नदिको किनारमा रहेको तातोपानिको कुण्ड तथा धारोमा नुहाउन पुग्नेहरुको बाक्लै भिड लाग्छ ।

तातोपानीको मुहानकै नामबाट नामाकरण गरिएको तातोपानी गाउँपालिका आफैँमा निकै सुन्दर र आकर्षक पनि छ । पालिकालाई दुई भागमा विभाजन गर्ने गरी तिला नदी बगेको छ । तिला नदिको दुवै किनाराहरु अति उब्जाउ छन् । अधिकांश लेकाली खोरियानहरुमा स्याउका ठुलाठुला बजानहरु छन् भने फेदिमा सुन्दर बस्तीहरु अवस्थित छन् । विस्तारै आधुनिकीकरणमा प्रवेश गर्दै गरेको जुम्ला तीव्ररुपमा बदलिदो छ ।

हिउँदमा जौँ खेती र वर्षायाममा काली मार्सी धानको खेती गरिन्छ । जुम्लामा पहिलो अधिक खेती गरिने बालीहरुमा धान, जौँ, कोदो, फापर र गहुँ खेती गरिन्छ । वर्षायाम लागेपछि एकातिर किसानहरुलाई जौँ काट्ने चटारो हुन्छ भने अर्कातिर मार्सीधानको रोपाइँको चटारोले छपक्क छोपेको हुन्छ । यतिवेला कर्णाली राजमार्गको पट्यार लाग्दो जोखिमपूर्ण यात्रा गरेर जुम्ला पुग्नेहरुका लागि हिमा र तिला नदि किनारमा देखिने मार्सीधानका फाँटहरुले यात्राका सम्पूर्ण कष्टहरुलाई भूलाइदिन्छ ।

तस्बिर : बिशाल सुनार (गोरखापत्र)

  • २४ असार २०८१, सोमबार १५:०४ प्रकाशित
  • Nabintech