आजदेखि खजुरामा अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलन हुँदै
  • काँचुली खबर

२१ असार, खजुरा । बाँकेकाे खजुरामा आजदेखि अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलन तथा काव्य गोष्ठी संचालन हुने भएकाे छ । स्थानीय भाषा, साहित्य, कला, संस्कृतिका क्षेत्रमा निरन्तर क्रियाशिल रहदै आएको खजुरा प्रज्ञा ‌प्रतिष्ठानले असार २१  र २२ गतेका दिन अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलन तथा काव्य गोष्ठी गर्ने भएको छ ।

यस कार्यक्रममा मित्र राष्ट्र भारतबाट वरिष्ठ लेखक, साहित्यकारहरुको उपस्थिति रहनेछ भने मुलुक भित्रबाट काठमाडौ, बुटवल, भैरहवा, पाल्पा, रुपन्देही, सुर्खेत, दाङ, बाँके, बर्दिया, महेन्द्रनगर लगायतका जिल्लाबाट साहित्यकारको उपस्थित रहने आयोजकले जनाएको छ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

खजुरा गाउँपालिकाद्वारा २०७९ सालमा गठित खजुरा प्रज्ञा प्रतिष्ठानले भाषा, साहित्य, कला तथा गीत सङ्गीत क्षेत्रमा विविध कार्यक्रम गर्दै आइरहेको छ । गठन भए लगत्तै बृहत इतिहास नामक ऎतिहासिक पुस्तक प्रकाशन समेत गरेको थियो। अन्य विभिन्न साहित्यक कृतिहरु पनि प्रकाशित गर्दै आइरहेको खजुरा प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. इन्द्रबहादुर भण्डारीले बताए ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खजुरालाई चिनाउ यो कार्यक्रमले महत्त्वपुर्ण भुमिका निर्वाह गर्ने भन्दै प्रतिष्ठानले बिहिबार पत्रकार सम्मेल मार्फत सम्मेलनकाे जानकारी दिएकाे हाे ।

  • २१ असार २०८१, शुक्रबार ०७:४२ प्रकाशित
  • Nabintech