१८ असार, नेपालगन्ज । बाँकेका स्थानीय तहहरुले खानामा मात्र ढाई करोड बढि खर्च गरेका छन । ८ वटा पालीकाहरुले गत आर्थिक वर्षमा २ करोड ५९ लाख ७२ हजार ३ सय ३५ रुपैयाँको खाना तथा विविध खर्च गरेको विवरण सार्वजनिक भएसँगै यो चर्चाको विषय बनेको छ ।
बाँकेको ८ वटा स्थानीय तह मध्य खाना र विविधमा सबैभन्दा बढी खर्च गर्ने स्थानीय तहमा डुडुवा गाउँपालिका पहिलो स्थानमा रहेको छ । डुडुवाले गत आर्थिक वर्षमा सबैभन्दा बढि ५९ लाख ३९ हजार ७ सय ३१ रुपैयाँ खर्च गरेको छ भने दोस्रो धेरै खर्च गर्नेमा नेपालगन्ज उपमहानगरपालिका रहेको छ । नेपालगन्ज उपमहानगरपालिकाले गत आर्थिक वर्षमा ५१ लाख ३७ हजार ८ सय ४ रुपैयाँ खर्च गरेको छ ।
त्यस्तै कोहलपुर नगरपालिका तेस्रो स्थानमा छ । कोहलपुर नगरपालिकाले ४५ लाख २७ हजार ८ सय ६० रुपैयाँ खर्च गरेको छ । भने चौंथोमा बैजनाथ गाउँपालिका रहेको छ । गत आर्थिक वर्षमा खाना र विविधमा बैजनाथले २९ लाख ७३ हजार रुपैयाँ खर्च गरेको छ ।
त्यस्तै पाचौं, छैठौं, सातौ र आठौं धेरै खर्च गर्ने स्थानीय तहमा खजुरा, जानकी, नरैनापुर र राप्तिसोनारी गाउँपालिका रहेको छ । गएको आवमा खजुराले २९ लाख ६१ हजार ९ सय ५९, जानकीले १९ लाख ९३ हजार ३ सय ६ र नरैनापुरले २० लाख र ४ लाख ४८ हजार ७ सय ४५ रुपैयाँ र्च गरेका छन ।
खाना र बिबिधमा सबैभन्दा कम खर्च गर्ने स्थानीय तह राप्तीसोनारी रहेको छ । राप्ती सोनारीले उक्त शिर्षकमा गत आवमा ४ लाख ४८ हजार ७ सय ४५ मात्र खर्च गरेको देखिन्छ ।
१८ असार २०८१, मंगलवार १२:१७ प्रकाशित