राेहित र विराटद्वारा टी-२० आईबाट सन्यासकाे घाेषणा
  • काँचुली खबर

१६ असार, काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले आईसीसी टी-२० विश्वकप २०२४ को उपाधि जितेसँगै सन्न्यासको घोषणा गरेका छन् । उनिसँगै भारतिय टिमका सफल खेलाडि बिराट काेहलीले समेत सन्यासकाे घाेषणा गरेका छन । रोहित र बिराटले टी-२० आईबाट सन्न्यास लिएको घोषणा गरेका हुन् ।

शनिबार फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले दोस्रो पटक टी-२० विश्वकपको उपाधि जित्यो । भारतलाई टी-२० विश्वकपको उपाधि जिताउन उनको कप्तानी र प्रदर्शन दुबैमा राेहितकाे सानदार योगदान रह्यो । विश्वकप २०२४ मा उनले ८ खेलमा २५७ रन बनाएका थिए ।

रोहित टी-२० आई क्रिकेटमा सर्वाधिक रन बनाउने ब्याटर हुन् । उनले १५९ टी-२० आई खेलमा ५ शतक र ३२ अर्धशतकसहित कुल ४ हजार २३१ रन बनाएका थिए । उनले सन् २००७ मा टी-२० आईमा इंग्ल्यान्डविरुद्ध डेब्यू गरेका थिए । भारतले २००७ मा टी-२० विश्वकप उपाधि जित्दा टोलीका सदस्य थिए । उनको कप्तानीमा भारतले ६२ टी-२० आई खेलमा ४९ मा जित र १२ खेलमा हार ब्यहोरेको थियो ।

यसैबिच शनिबार राति भएकाे विश्वकपकाे समपन समाराेहमा बाेल्दै भारतलाई उपाधि जिताउने क्रममा प्लेयर अफ द म्याच बनेका बिराट काेहलीले यो आफ्नो अन्तिम टी-२० आई खेल भएको बताएका थिए । बार्बाडोसमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले ७ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । विराट कोहलीले ५९ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ७६ रन बनाएका थिए । १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८ विकेटको क्षतिमा १६९ रन बनाएको थियो ।

३५ वर्षीय उनले भारतबाट १२५ टी-२० आई खेलमा १ शतक र ३८ अर्धशतकसहित कुल ४ हजार १ सय ८८ रन बनाए । उनले सन् २०१० मा जिम्बावेविरुद्ध हरारेमा टी-२० आईमा भारतबाट डेब्यू गरेका थिए । उनी टी-२० आईमा सर्वाधिक ७ पटक प्लेयर अफ द सिरिज जित्ने एक्लो खेलाडी हुन् ।
  • १६ असार २०८१, आईतवार ०८:२३ प्रकाशित
  • Nabintech