जाम्बियाका छात्र एसईईमा उत्तीर्ण, जापानबाट दिएका थिए परिक्षा
  • काँचुली खबर

१५ असार, काठमाडौं । जापानमा सञ्चालित नेपाली विद्यालयबाट अफ्रिकन देश जाम्बियाका एक छात्रले माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका छन् ।

टोकियोस्थित ओगिकुबोमा रहेको एभरेष्ट इन्टरनेशनल स्कुलबाट जाम्बियाका चिसा टाइरिस कावेजाले २.९५ जीपीए प्राप्त गर्दै एसईई उत्तीर्ण गरेका हुन् ।

चिसा टाइरिस कावेजा सो विद्यालयबाट एसईई उत्तीर्ण गर्ने पहिलो विदेशी विद्यार्थी रहेको विद्यालयका संस्थापक अध्यक्ष डा. भूपालमान श्रेष्ठले जानकारी दिए ।

एभरेष्टबाट यस वर्ष २३ जना विद्यार्थी एसईईमा सहभागी भएका थिए । जसमा शतप्रतिशत नजिता प्राप्त गरेको छ । सन् २०२३ मा स्थापना भएको विद्यालयमा विगत ४ वर्षदेखि एसईईको परीक्षा हुँदै आएको छ ।

एभरेष्टमा नेपाली पाठ्यक्रममा अध्ययन गर्न नेपाली मात्र नभएर विदेशी विद्यार्थी पनि आउने गरेका छन् । स्कुलमा ४५० विद्यार्थी अध्ययनरत छन् । जसमा २५ जना विदेशी विद्यार्थी रहेको विद्यालय प्रशासनले जनाएको छ ।

  • १५ असार २०८१, शनिबार १०:२५ प्रकाशित
  • Nabintech