गोरखा स्कुल : विज्ञान, ब्यवस्थापनसँगै कृषि अध्ययनकालागी उत्कृष्ट गन्तब्य
  • काँचुली खबर

१३ असार, कोहलपुर । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ । एसईईको नतिजा प्रकाशित भएसँगै बिभिन्न कलेजमा उच्च शिक्षा अध्ययनकालागी जिज्ञासा लिएर पुग्ने अभिभावक तथा विद्यार्थीहरुको चाँप बढ्न थालेको छ । एसईई पछि विद्यार्थीको रोजाइ र अभिभावकको रोजाइमा मतान्तर भएको पनि हामी पाउछौं । अधिकांश अभिभावकले आफ्नो छोराछोरीहरु राम्रो शिक्षा पाउन भन्ने चाहना राखेको पाइन्छ । जसका कारण राजधानी तथा मोफसलमा समेत उत्कृष्ट कलेज अभिभावक तथा विद्यार्थीको रोजाईमा पर्ने गरेका छन ।

आफुले पढ्न सक्ने र रुचीको विषयलाई विद्यार्थीले प्राथमिकता दिनुपर्छ । विषय रोजाइ र विद्यालय रोजाई दुइवटा कुरामा विद्यार्थीको भविश्य निर्भर हुन्छ । विषय रोजाइ विद्यार्थीको अन्तर रुचीसँग सम्वद्ध हुनुपर्छ र सँगसँगै विषय पूर्व दक्षता पनि सवल हुनुपर्छ । विद्यालय रोजाइका सवालमा दक्ष शिक्षक र उत्कृष्ट शिक्षण पद्दति तथा स्तरीय भौतिक पूर्वाधार पनि उत्तिकै आवश्यक हुन्छ । यति बेला बाँके जिल्ला अन्तर्गत नेपालगञ्ज र कोहलपुर क्षेत्रका केहि विद्यालयहरुले पनि गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रयास गरीरहेका छन । उच्च शिक्षाकालागी काठमाण्डौ, पोखरा लगाएत अन्य सहर धाउनुपर्ने र ठूलो धनराशी खर्चेर शिक्षा आर्जन गर्नुपर्ने बाध्यतालाई यहाँका कलेजहरुले केहि हदसम्म कम गरेको पाइन्छ । जिज्ल्लाकै उत्कृष्ट कलेजहरुमध्ये बाँकेको कोहलपुरमा रहेको गोरखा युनाइटेड पब्लिक स्कुलको नाम अग्रपंक्तीमा आउँछ ।

वि.सं. २०५७ सालबाट स्कुल शिक्षा सुरुवात गरेको ८ वर्षपछि गोरखाले २०६५ सालदेखि कक्षा ११ तर्फ विज्ञान संकायको पठनपाठन सुरु गरेर उच्च शिक्षामा ईट्टा थप्ने कामको सुरुवात ग¥यो । कोहलपुर क्षेत्रको आवश्यकतालाई मध्यनजर राख्दै पहिलो पटक विज्ञान संकाय सञ्चालनको अनुमति पाएको गोरखामा दोस्रो वर्ष व्यवस्थापन संकायको पनि पढाइ सुरु गरिएको थियो । हाल कक्षा १२ तर्फ १४ औँ व्याचसम्म आइपुग्दा १३०० विद्यार्थीहरु पास आउट गर्न सफल भएको गोरखामा अध्ययन गरेकाहरु विभिन्न सरकारी सेवा तथा विश्वविद्यालयमा प्रोफेसरसम्म भएका छन् । साथै आ-आफ्नो कार्य क्षेत्रमा आफ्नो योग्दान र दक्षता देखाइ रहेका छन् ।
कक्षा १२ तर्फको बोर्ड परीक्षामा जिल्लामा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालय एस.एल.सी-एसईई परीक्षाको नतिजा र विद्यालय स्तरीया मूल्याङ्कनमा समेत दशौं वर्षदेखि ‘क’ श्रेणीमा कायम रहेको छ । अबको २१ औं शताब्दी डिजिटल शताब्दी भएकाले शिक्षण पद्धती समेत डिजिटल हुनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ राख्दै यसै शैक्षिक सत्र देखि हरेक कक्षाकोठामा स्मार्टबोर्ड मार्फत पठन-पाठन शुरु गर्न लागीएको विद्यालय प्रशासनले जानकारी दिएको छ । पुस्तकले ज्ञान दिए पनि व्यवहारिक शिक्षा नदिने भएकाले आगामी दिनमा प्रविधिमैत्री र ब्यवहारीक सिपसहितको शिक्षालाई प्राथमिकता दिने विद्यालयले लक्ष्य राखेको छ । विद्यार्थीलाई विश्व सामु प्रतिस्पर्धा गर्न सक्ने क्षमतावान बनाउनु नै आजका विद्यालय तथा शिक्षाकर्मीको दायित्व रहेको गोरखा स्कुलका संस्थापक अध्यक्ष केशर बहादुर आले बताउँछन । यो चुनौतिप्रति सचेत रहि विद्यार्थीहरुलाई गुणात्मक शिक्षा प्रदान गर्न आफुहरु प्रतिवद्ध रहेको आलेको भनाई छ ।

आफ्नै स्वामित्वको अढाई बिगाहा क्षेत्रफलमा फैलिएको सुविद्या सम्पन्न भौतिक पूर्वाधार, शान्त वातावरण भएको यस विद्यालयमा मल्टीमिडिया प्रोजेक्टर तथा स्मार्टबोर्ड जडित उज्याला र फराकिला कक्षाकोठा, पुस्तकालय, विज्ञान प्रयोगशाला, इन्टरनेट सहित कम्प्युटर ल्याव, सभाहल, खानपिनका लागि चमेना गृह, व्यवस्थित खेल मैदान र यातायात सुविधा रहेका छन । विद्यालयले विभिन्न समयमा विद्यार्थीलाई शैक्षिक भ्रमण अन्र्तगत देशको विभिन्न भागमा स्थलगत अवलोकन समेत गराउने गरेको छ ।

विद्यालयले विद्यार्थी र अभिभावकसँग अहिलेसम्म कमाएको पूँजी भनेकै विश्वसनीयता र गुणस्तर भएकाले यसलाई आगामी दिनमा थप परिस्कृत गर्दै निरन्तरता दिनेगरी शैक्षिक गतिविधि संचालन भईरहेको आले बताउँछन । गुणस्तरीय शिक्षाको लागि सकारात्मक सोचको विकास भन्ने आफ्नो मूल नाराका साथ अगाडी बढिरहेको यस विद्यालयले अभिभावकको चाहना र आवश्यकता अनुसार जुनसुकै वर्गका विद्यार्थीले अध्ययन गर्न सक्ने खालको शुल्कबाट सञ्चालित यस विद्यालयले इसईई परीक्षामा उत्कृष्ट अंक ल्याई अध्ययन गर्न आउने विद्यार्थीले प्राप्त गरेको अंक र प्रवेश परीक्षा टपरलाई उच्च सम्मान गर्दै विभिन्न मेरिट छात्रवृत्ति प्रदान गर्नुको साथै जिल्ला प्रथम, दुर्गम क्षेत्र छात्रा, मिहिनेती, जेहेन्दार एवं गरिव, दलित, खेलाडी लगाएतका विद्यार्थीकालागि विशेष कोटा निर्धारण गरी छात्रवृत्ति प्रदान गर्दै आएको संस्थापक अध्यक्ष आलेले बताए ।

मोफसलमा उत्कृष्ठ शैक्षिक संस्थाको पहिचान बनाएको गोरखाले यस शैक्षिक सत्रकालागि विज्ञान संकायमा ८० र व्यवस्थापन संकायकालागी ४० जना विद्यार्थीको कोटा निर्धारण गरेको छ ।

आधारभूत तहदेखि स्नातक तहसम्मको पठाई हुँदै आएको गोरखामा कृषि प्राविधिक विषय समेत सञ्चालन हुँदै आएको छ । स्नातक तहमा बिएस्सीएजी कार्यक्रम संचालन गरेको गोरखा स्कुलको सहसंस्थाका रुपमा गोरखा पोलिटेक्निक एण्ड रिसर्च सेन्टर समेत संचालनमा रहेको छ । यो गोरखा युनाइटेड पब्लिक स्कुलको एउटा युनिट पनि हो । यो स्नातक तह पढाइ हुने कलेज पनि हो । यहाँ बिएस्सीएजी अध्यापन हुन्छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट २०७५ सालमा सम्बन्धन प्राप्त गरेको उक्त कलेजमा ५० जना विद्यार्थीको कोटा रहेको छ । क्याम्पस प्रमुख प्रोफेसर इश्वरी चन्द्र प्रकाश तिवारी अहिले सातौं सेमेस्टर पढाइ भइरहेको बताउँछन् ।

  • १३ असार २०८१, बिहीबार १९:५३ प्रकाशित
  • Nabintech