१२ असार, कोहलपुर । बुद्धको मुर्ती सहित बाँकेबाट तिन जना पक्राउ परेका छन । ईलाका प्रहरी कायालय कोहलपुरले मंगलबार दिउँसो बाँकेको ढकेरीबाट बुद्धको मुर्ती सहित तिन जनालाई पक्राउ गरेको जनाएको छ ।
राप्तिसोनारी गाँउपालिका वडा नं. ८ ढकेरी शम्सेरगंज स्थित सडकखण्डमा शंकास्पद रुपमा हिडिरहेका ब्यक्तीहरुलाई खानतलासी गर्दा खैरो रङको झोलामा ‘ओम नम : शिवाया:’ लेखेको गौतम बुद्दको मुर्ती फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा रुपन्देही तिलोत्तमा नगरपालीका वडा नं. ११ का ५० वर्षिय खिम बहादुर कुवर, सोही ठाँउका ५० वर्षिय रामु न्यौपाने र दाङ घोराही उपमहानगरपालीका वडा न. १५ बस्ने ५८ वर्षका निम बहादुर कुवर रहेका छन । उनीहरुमध्ये कुवरले पछाडी बोकेको खैरो रङको झोलामा बुद्धको मुर्ती भेटिएको प्रहरीले जनाएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भईरहेको जनाउँदै प्रहरीले उक्त मुर्ती कोही कसैको भएमा आवश्यक कागजात सहित ईप्रका कोहलपुरमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।
१२ असार २०८१, बुधबार १७:५१ प्रकाशित