लागुऔषधसहित बर्दियाबाट श्रीमान-श्रीमती पक्राउ
  • काँचुली खबर

११ असार, बर्दिया । अबैध लागुऔषध सहित बर्दियाबाट श्रीमान-श्रीमती पक्राउ परेका छनज । लागु औषध नियन्त्रण ब्युरो नेपालगंज तथा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँसगढी नगरपालिक वडा नं. ३ लक्ष्मणपुर बस्ने अन्दाजी २८ वर्षका उमेश खत्री र उनको श्रीमती अन्दाजी २५ वर्षकी अनिता खत्री रहेका छन् ।

लागुऔषध कारोबार गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा खटिएको सयुक्त प्रहरी टोलीले निजहरुको घरमा खानतलासी गर्दा भान्छा कोठामा बट्टा भित्र लुकाई राखेको अवस्थामा ब्राउन सुगर

बरामद गरीएको प्रहरीले जनाएको छ । शुद्ध तौल १०.८८० ग्राम (लागु औषध) ब्राउन सुगर फेला पारी उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

खानतलासीको क्रममा लागुऔषधसँगै डिजिटल तराजु १ थान र नेपाली १२९६० रुपैयाँ समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

उनिहरुलाई इलाका प्रहरी कार्यालय मोतिपुरमा राखी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

  • ११ असार २०८१, मंगलवार १८:२९ प्रकाशित
  • Nabintech