प्रहरीको भेषमा पैसा माग्ने कोहलपुरका २ जना पक्राउ
  • काँचुली खबर

१० असार, कोहलपुर । बर्दियाबाट दुई जना नक्कली प्रहरी पक्राउ परेका छन । प्रहरी हौँ भन्दै पैसा माग्ने कोहलपुरका २ जनालाई आईतबार पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रहरी हौँ भन्दै पैसा माग गरी अपराधिक लाभ लिने कसुरमा उनीहरुलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका वडा नं. ४ बस्ने ३२ वर्षिय रामजान अली गुज्जर र वडा नम्बर ३ बस्ने ४२ वर्षको नन्दलाल थारू रहेका छन् ।

बर्दिया बाँसगढी नगरपालिका वडा नं. ९ स्थित अजय कटेजका संचालक जगराम थारुलाई हामी प्रहरी हौँ भनी पैसा माग गरेको कसूरमा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरुलाई बाँसगढी नगरपालिका वडा नं. ३ मानखोला नजिकबाट पक्राउ गरेको हो ।

उक्त सम्बन्धमा बर्दिया जिल्ला अदालत पेश भई ७ दिनको म्याद थप गरी हिरासतमा राखी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी तुलसीराम अर्यालले जानकारी दिएका छन ।

  • १० असार २०८१, सोमबार १९:०८ प्रकाशित
  • Nabintech