८ असार, काठमाडौं । नेपाली तीन खेलाडीले क्यानडाको ग्लोबल टी-२० लिग खेल्ने भएका छन् ।
नेपालका कप्तान रोहितकुमार पौडेल, अलराउण्डर दीपेन्द्र सिंह ऐरी र बलर सन्दीप लामिछानेले ग्लोबल टी-२० क्यानडा क्रिकेट लिग खेल्ने भएका हुन् ।
ऐरी र लामिछाने भ्यानकुभर नाइट्स तथा रोहित टोरोन्टो नेशनल्समा अनुबन्ध भएका छन् ।
नेपालका कप्तान रोहित पहिलो पटक विदेशी फ्रेन्चाइज लिगमा छनोट भएका हुन् । सन्दीप र दीपेन्द्रले यसअघि नै क्यानडामा लिग खेलिसकेका छन् । यसअघि सन्दीपले सरे जाग्वार्सबाट ग्लोबल ट्वान्टी-२० खेलेका थिए ।
यसैबिच दिपेन्द्र यूएईको आईएल टि-२० लिगमा पनि रिटेन भएका छन् ।
भ्यानकुभर नाइट्सले सन्दीपलाई ४० लाख र दिपेन्द्रलाई २४ लाखमा अनुबन्धित गरेकाे छ भने रोहित पौडेललाई टोरोन्टो नेशनल्सले १६ लाख पारीश्रमिक दिने बताईएकाे छ ।
ग्लोबल टी-२० लिग आगामी जुलाईमा हुने छ ।
८ असार २०८१, शनिबार ११:५१ प्रकाशित