लुम्बिनीमा कहिले भित्रन्छ मनसुन ? यस्तो छ मौसम विश्लेषण
  • काँचुली खबर

३ असार, कोहलपुर । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र मधेश प्रदेशमा साधारणतया बदली, गण्डकी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदली रहेको छ। कोशी प्रदेशका केही स्थानहरुमा तथा मधेश र बाग्मती प्रदेशका थोरै स्थानहरुमामा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। महशाखाका अनुसार लुम्बिनी प्रदेशमा हालसम्म कुनै बदली तथा वर्षाका सम्भावना देखिएको छैन । लुम्बिनी प्रदेशमा मँगलबारदेखि मात्रैं वर्षाको गतिविधि हुन सक्ने विभागले उल्लेख गरेको छ ।

यस वर्ष मनसुन सरदर मिति ९जुन १३ तारिख० भन्दा ३ दिनअघि (जुन १० तारिख) नै नेपाल भित्रिएको थियो। तर कोसी प्रदेशबाट मनसुन पश्चिमतर्फ फैलिन ढिला भइरहेको छ। मौसमविद्कै भनाइअनुसार विगतका वर्षमा मनसुन भित्रिएको ५ देखि ७ दिनसम्ममा देशभर फैलिएको थियो। तर यसपटक ८ दिन भइसक्दा पनि मौसम महाशाखाले मनसुन कोसीबाहेकको प्रदेशमा फैलिएको औपचारिक घोषणा गर्न सकेका छैनन्।

यस्तो रहने छ मँगलबारको मौसम :

दिउँसो : कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र बागमती प्रदेशका केही, गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा मधेश प्रदेश लगायत बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती : कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

  • ३ असार २०८१, सोमबार १८:५२ प्रकाशित
  • Nabintech