विश्वकपको सुपर-८ मा पुग्ने सबै टोलीको टुंगो लाग्यो
  • काँचुली खबर

३ असार, काठमाण्डौं । आईसीसी टी-२० विश्वकप २०२४ को सुपर-८ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ ।

सोमबार बिहान भएको खेलमा बंगलादेशले नेपाललाई र श्रीलंकाले नेदरल्यान्ड्लाई हराएसँगै सुपर ८ मा पुग्ने टोलीको टुंगो लागेको हो । नेपाललाई पराजित गरेपछि बंगलादेश समूह ‘डी’मा दोस्रो हुँदै सुपर ८ मा पुगेको हो । यता नेदरल्यान्ड्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।

यसअघि नै बाहिरिएको नेपाल भने १ अंकका साथ अन्तिम स्थानमा रहेको छ । यो समूहबाट दक्षिण अफ्रिका शीर्ष स्थानमा रहन सफल भएको छ ।

सुपर ८ मा भारत, अस्ट्रेलिया, अफगानिस्तान, बंगलादेश, अमेरिका, इंग्ल्यान्ड, वेष्ट इन्डिज र दक्षिण अफ्रिका पुगेका छन् ।

समूह ‘सी’का खेल अझै सकिएका छैनन् । आयोजक वेस्ट इन्डिज र अफगानिस्तान तथा पपुवा न्युगिनी र न्युजिल्यान्डबीचको खेल हुन बाँकी छ । तर यसको नतिजाले खाली समूह विजेता को बन्ने भन्नेमा मात्रै असर पर्छ । यो समूहबाट अफगानिस्तान र वेस्ट इन्डिज सुपर ८ मा पुगिसकेका छन् ।

हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल २७ जुनमा हुनेछ । फाइनल २९ जुनमा हुनेछ ।

टी-२० विश्वकप गत जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा जारी छ ।

  • ३ असार २०८१, सोमबार १८:२७ प्रकाशित
  • Nabintech