लुम्बिनीले बुद्धिचाल प्रतियोगितामा जित्यो स्वर्ण
  • काँचुली खबर

३२ जेठ, कोहलपुर । यू-१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत बुद्धिचाल प्रतियोगितामा लुम्बिनी प्रदेशले स्वर्ण पदक हात पारेको छ भने छात्रातर्फ बागमतीले स्वर्ण पदक जितेको छ ।

लुम्बिनी प्रदेशले सात चरणको खेलमा सतप्रतिशत जित सहित १४ अंक जोड्दै स्वर्ण पदक हात पारेको लुम्बिनी प्रदेश बुद्धिचाल संघका अध्यक्ष धनराम ओलीले जानकारी दिएका छन् ।

यसै गरी छात्रा तर्फ बागमतीले सत प्रतिशत जीतसहित स्वर्ण पदक ल्याउन सफल भएको छ । बागमती ११ अंक सहित रजत पदक तथा सुदूर पश्चिम ९ अंक सहित कास्य पदक ल्याउन सफल भएको छ ।

लुम्बिनीले चौथो चरणमा बागमतीसँग १-३ ले पराजित हुनु बाहेक अन्य खेलमा हार सहन परेको थिएन ।

यता लुम्बिनी प्रदेशले सात चरणको खेलमा सतप्रतिशत जित सहित १४ अंक जोड्दै स्वर्ण पदक हात पारे संगै लुम्बिनी प्रदेश बुद्धिचाल संघका अध्यक्ष धनराम ओलीले खेलाडीलाई बधाई दिएका छन् ।

  • ३२ जेष्ठ २०८१, शुक्रबार १६:५८ प्रकाशित
  • Nabintech