एउटै पेन्टिङको मुल्य ४ अर्ब २८ करोड ७७ लाख !
  • काँचुली खबर

एजेन्सी । माथि देख्नु भएको चित्र आगामी जुलाईमा लिलामीमा बिक्दै छ । लिलामीमा यो चित्र ४ अर्ब २८ करोड ७७ लाख नेपाली रुपैयाँ अर्थात् ३ करोड २० लाख अमेरिकी डलरसम्ममा बिक्ने आशा गरिएको छ । दुई पटक चोरी भइसकेको यो चित्र इटलीका रिनेसा युगका चित्रकार टाइटनले बनाएका हुन् ।

द रेष्ट अन फ्लाइट इन्टू इजिप्ट शीर्षकको यो चित्रले लिलामीमा १ करोड ९० लाख अमेरिकी देखि ३ करोड ३० अमेरिकी लाख डलरसम्म पाउने आशा गरिएको एक विज्ञप्तिमा लिलामी घरले बताएको छ । यो भित्रमा जिजस क्राइष्ट, मेरी र जोसेफ छन् । यहुदीका राजाले बालक जिससलाई मार्न खोजेको थाहा पाएपछि तीनै जना इजिप्ट जाँदै गर्दाको चित्र हो यो ।

टाइटानको वास्तविक नाम तिसियानो भिचेलियो हो । उनले १६ औँ शताब्दीको पहिलो दशकमा आफ्नो करियरको शुरुआतमा यो चित्र बनाएका थिए । टाइटानले आफ्नो जीवनको उत्तरार्द्धमा बनाएको अन्य तेल चित्रको तुलनामा यो सानो छ । यो चित्र दुई पटक चोरी भएको थियो । पछिल्लो पटक सन् १९९५ मा लङलिटबाट चोरिएको यो चित्र सात वर्षपछि लन्डनमा एउटा बस स्टपमा भेटिएको थियो ।

  • ३२ जेष्ठ २०८१, शुक्रबार १४:१४ प्रकाशित
  • Nabintech