रगत अभावको बारेमा हामीले बेलाबेलामा विभिन्न सञ्चारमाध्याममा पढ्ने र सुन्ने गरेका छौँ । नेपालमा दैनिक हजारौँ व्यक्तिले रक्तदान गरेपनि बेलाबेलामा रगतको अभाव भएको खबर सुन्छौँ । रगतलाई सही प्रयोग गरेको खण्डमा रगतको अभाव केही हदसम्म कम गराउन सकिन्छ । नेपालमा हाल वार्षिक ३ लाख ५० हजारदेखि ४ लाख पिन्ट रगत आवश्यक हुने गरेको छ ।
एकातर्फ रक्तदान गर्ने युवाहरु दिन प्रतिदिन रोजगारी र पढाईको सिलसिलामा विदेशीएका छन् भने अर्कातर्फ रोगी र वृद्धवृद्धा भएका कारण रक्तदान गर्ने वर्गसमेत घटिरहेको छ । तर वार्षिक रुपमा नेपालभर जम्मा ३ लाख पिन्ट मात्र रगत संकलन हुँदै आएको छ । यो डाटालाई हेर्ने हो भने पनि नेपालमा अझै वार्षिक १ लाख प्रिन्ट रगत अपुग भएको देखिन्छ । तर त्यो ३ लाखबाट ९ लाख रक्ततत्व बनाउन सकिन्छ। यसकारणले हेर्ने हो भने रगतको मागभन्दा रक्ततत्व बनाएर रगतको सही उपयोग गरेमा रगतको माग पुग्ने देखिन्छ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
नेपालमा दैनिकजसो संकलन हुँदै आएको रगतलाई राम्रो किसिमले व्यवस्थापन गर्न नसक्दा दिन प्रतिदिन रगत अभाव हुँदै आएको छ । हामीले रगतलाई राम्रो व्यवस्थापन गर्न नसक्नु रगत अभावको मुख्य कारण हो । रक्त तत्त्वहरूको प्रयोगभन्दा होल ब्लडको प्रयोग अर्को मुख्य कारण हो। रगत अभाव हुने अर्को मुख्य कारण भनेको विरामीका लागि लगेर बढी भएको रगतको व्यवस्थापन नगर्नु हो ।
उदाहरणको लागि कुनै एक विरामीको लागि दुई प्रिन्ट रगत आवश्यक भएको भनेर लिएर जानु र रगतको प्रयोग गर्दा एक प्रिन्ट रगतले मात्र पुग्दा बाँकी अर्को एक प्रिन्ट रगत रक्तसञ्चार केन्द्रमा फिर्ता नगर्दा खेर गईरहेको हुन्छ । हामीले एक प्रिन्ट रगतबाट तीन देखि पाँच भिन्न खालका रगत बनाउन सक्छौँ । एकै प्रकारको रगतलाई भिन्न ३ देखि ५ प्रकारको रगत बनाउनका लागि धेरै रक्त सञ्चार केन्द्र छन् तर पनि शतप्रतिशत रक्ततत्व बनाउन नेपालको अत्याधुनिक रक्तसञ्चार केन्द्र ग्राण्डी अस्पतालमा रहेको छ । ग्राण्डीको रक्तसञ्चार केन्द्रले एउटा रगतबाट ३ देखि ५ प्रकृतिक रगत बनाउँदै आएको छ ।
जुन विरामीलाई जस्तो रगत चाहियो त्यस्तै रक्त तत्त्व बनाएर ग्राण्डीले प्रदान गर्दै आइरहेको छ । नेपालभरको रगतको समस्या भएको केशमा विरामीका आफन्तहरु रगत खोज्नका लागि ग्राण्डीमा आउने गरेको कैयौँ उदाहरणहरु छन् । ग्राण्डीले हाल वार्षिक ३ हजारदेखि ५ हजार प्रिन्ट रगत संकलन गर्दै आएको छ । उक्त संकलन गरिएको ३ हजारदेखि ५ हजार प्रिन्ट रगतबाट ९ हजारदेखि १५ हजार प्रिन्ट विभिन्न किसिमका रगत बनाउँदै आएको छ ।
ग्राण्डीले हाल लगभग सबै थरी व्लड गुप्र anti bodies को चेकजाँच गर्दै आएको छ । उक्त अस्पतालले ट्रान्सप्लाटका लागि एन्टीवडी ट्राईट्रेसन जाँच, रगतका विरामीलाई चाहिने टेस्ट एण्डीवडी आइडेन्टिफिकेशन गर्दै आएको छ ।
डा. विपिन नेपाल
रक्तसञ्चार विशेषज्ञ
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल
३२ जेष्ठ २०८१, शुक्रबार १३:३२ प्रकाशित