लुम्बिनी विकास कोषका इन्जिनीयर भट्टराईलाई ६ वर्ष कैद
  • काँचुली खबर

३२ जेठ, काठमाण्डौं । भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका लुम्बिनी विकास कोषका पूर्व योजना प्रमुख इन्जिनीयर सरोजकुमार भट्टराईलाई ६ वर्ष कैद सजाय तोकिएको छ।

विशेष अदालत, काठमाडौंले भट्टराईलाई भ्रष्टाचार मुद्दामा बिहीबार सजाय निर्धारण गरेको हो। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले भट्टराईलाई अकूत सम्पत्ति आर्जनको मुद्दामा ६ वर्ष कैद र ८० लाख रुपैयाँ जरिवाना तोकेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए।

इन्जिनीयर भट्टराईले पदीय दुरुपयोग गरी कोषका ठेकेदारबाट ८० लाख रुपैयाँ घूस लिएको पाइएको थियो। त्यो रकम जग्गामा लगानी गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानले देखिएको थियो।

कोषका वरिष्ठ इन्जिनीयर पदका कर्मचारी भए पनि भट्टराई गत सात वर्ष योजना प्रमुखका रूपमा काम गरिरहेका थिए।

  • ३२ जेष्ठ २०८१, शुक्रबार १३:०५ प्रकाशित
  • Nabintech