सडकमा शव राखेर बिहानैदेखि राजमार्ग अवरुद्ध
  • काँचुली खबर

३२ जेठ, काेहलपुर । पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाँकेकाे ढकेरी खण्ड बिहानैदेखि अवरुद्ध भएकाे छ । गयराति टिपरकाे ठक्करबाट एक स्थानियकाे ज्यान गएपछि शव सडकमै राखेर स्थानियहरूले सडक अवरुद्ध पारेका छन ।

अहिले पुर्व पश्चिम राजमार्गमा सवारी आवागमन बन्द भएकाे छ ।

राप्तीसोनारी ९ ढकेरीमा बिहिबार राति टिपरको ठक्करबाट राप्तीसोनारी ८ का लोकेन्द्र बिष्टको मृत्यु भएकाे थियाे ।

कोहलपुरदेखि शम्शेरगन्जतर्फ जाँदै गरेको भे १ ख ३०१९ नम्बरकाे टिपरले विष्ट सवार भे १० प १४१३ को मोटरसाइकललाई ठक्कर  दिएको थियोे । ठक्करबाट विष्टकाे घटनास्थलमै मृत्यु भएपछि स्थानियले टिपरमा आगजनी गरेका थिए ।

  • ३२ जेष्ठ २०८१, शुक्रबार ०७:३६ प्रकाशित
  • Nabintech