नेपालबाट बिजुली आयात प्रस्ताव बङ्ग्लादेशको सीसीजीपीबाट स्वीकृत
  • काँचुली खबर

३१ जेठ, काठमाडौं । बङ्ग्लादेशको सार्वजनिक खरिदसम्बन्धी मन्त्रिमण्डलीय समिति (सीसीजीपी) ले नेपालबाट ४० मेगावाट बिजुली आयात गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।

बङ्ग्लादेशका अर्थमन्त्री अब्दुल हसन मोहम्मद अलीको अध्यक्षतामा हिजो बसेको १५औँ बैठकले नेपालबाट बिजुली आयात गर्ने प्रस्ताव स्वीकृत गरेको बङ्ग्लादेशका सञ्चारमाध्यमले जनाएका छन् ।

अब बङ्ग्लादेश पावर डेभलपमेन्ट बोर्डले भारतको विद्युत् व्यापार निगम र नेपाल विद्युत् प्राधिकरणसँग त्रिपक्षीय सम्झौता गरेर नेपालबाट बिजुली लैजाने बाटो खुलेको छ । बङ्ग्लादेशले प्रति युनिट ८ दशमलव १७ बङ्ग्लादेशी टाका अर्थात् नौ रुपैयाँ ३० पैसामा बिजुली आयात गर्ने बङ्ग्लादेशका सञ्चारमाध्यमले जनाएका छन् ।

नेपालले ढल्केबर-मुजफ्फरपुर चार सय केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत भारतको बहरमपुर-भेरामारा प्रसारण लाइनबाट बङ्ग्लादेशलाई बिजुली निर्यात गर्नेछ । बङ्ग्लादेशले भारतलाई प्रसारण लाइन प्रयोगबापतको शुल्क तिर्नुपर्ने भए पनि मूल्य तय भइसकेको छैन ।

  • ३१ जेष्ठ २०८१, बिहीबार १७:३४ प्रकाशित
  • Nabintech