२७ जेठ, नेपालगञ्ज । नेपालगन्जबाट भन्सार छलिको अबैध सामानसहित उक्त सामान ढुवानीमा प्रयोग भएको बस प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँके प्रहरीले शनिबार नेपालगञ्जबाट ठुलो मात्राको अबैध सामानसहित ढुवानीमा प्रयोग भएको बसलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ बि.पी. चोकबाट भे १ ख. ३१४९ नम्बरको बसमा भारतबाट अबैध रुपमा भन्सार छलि गरी ल्याउँदै गरिएको २० लाख बढीको अबैध सामान बरामद भएको छ ।
दुई थान ऐसी, ४८ पिस कुर्ता सुरुवाल, ३० रोल रोल कपडा, र भे१ख ३१४९ नंम्बरको बससहित बिस लाख अठ्चालीस हजार बराबरको अबैध सामान बरामद भएको बाँके प्रहरीले जनाएको छ ।
समानसहित प्रयोग बसलाई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगञ्ज पठाईएको छ ।
२७ जेष्ठ २०८१, आईतवार १४:४९ प्रकाशित