दीपेन्द्रले स्कटल्यान्डमा फ्रेन्चाइज लिग खेल्ने
  • काँचुली खबर

२४ जेठ, काठमाडौं । नेपालका स्टार अलराउण्डर दिपेन्द्रसिंह ऐरीले स्कटल्यान्डमा फ्रेन्चाइज क्रिकेट खेल्ने भएका छन् ।

दीपेन्द्रले आगामी अगष्टमा हुने स्कटटिस सुपर १० लिग पर्थ रोयल्सबाट खेल्ने भएका छन् । दीपेन्द्रका म्यानेजर रवि तिमिल्सिनाले ट्वीट गर्दै उनी पर्थ रोयल्सबाट उक्त लिग खेल्ने जनाएका छन् ।
प्रतियोगिता १६ देखि ३१ अगष्टसम्म हुनेछ । स्कटटिस सुपर-१० मा ६ फ्रेन्चाइज टोलीको सहभागीता हुनेछ । उक्त प्रतियोगिता अफगानिस्तानका राशिद खान, रहमानउल्लाह गुरबाज, पाकिस्तानका नसिम साह, इंग्ल्यान्डका एलेक्स हेल्स लगायतका खेलाडीले खेल्ने छन् ।
दीपेन्द्र वर्तमान नेपाली क्रिकेट टोलीका प्रमुख खेलाडी हुन् । दीपेन्द्रले अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा सानदार प्रदर्शन पनि गर्दै आएका छन् । उनले गत सेप्टेम्बरमा मंगोलियाविरुद्ध ९ बलमा क्रिकेट इतिहासकै सर्वाधिक छिटो अर्धशतक पूरा गरेका थिए । दुई महिनाअघि एसीसी प्रिमियर कपमा कतारविरुद्ध एकै ओभरमा ६ छक्का हानेका थिए ।

बलिङमा पावर प्ले, मध्यक्रम र डेथ ओभर कुनै पनि समयमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । बलिङ, ब्याटिङमात्रै नभएर फिल्डिङमा पनि दीपेन्द्रले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले यसअघि इन्टरनेशल लिग टी-२० युएई र ग्लोबल टी-२० क्यानडा खेली सकेका छन् ।

  • २४ जेष्ठ २०८१, बिहीबार १४:१२ प्रकाशित
  • Nabintech