कैलालीका खड्का भेरी अस्पतालबाट गायव, खोजी गरीदिन आफन्तको आग्रह
  • काँचुली खबर

२३ जेठ, नेपालगन्ज । नेपालगन्जको भेरी अस्पतालमा उपचारकालागी आएका एक ब्यक्ती अस्पतालबाटै गायव भएका छन । कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा-५ का ७३ वर्षिय शेरबहादुर खड्का नामले परिचित मानसिङ्ग खड्का अस्पतालबाटै हराएको आफन्तले बताएका छन ।

अस्पताल उपचार भईरहेकै अवस्थामा मंगलबार दिउँसो २:२७ बजे बुबा अचानक बेपत्ता भएको खड्काकी छोरी रमा भण्डारीले जानकारी दिएकी छन । प्यारालाईसिसको उपचार गराईरहेका खड्का नियमित चेकजाँचकालागी मंगलबार अस्पताल पुगेका थिए । आफु रिपोर्ट लिन गएको बेला बुवा अचानक गायव भएको भण्डारीले बताईन ।

निलो आकेशे कलरको सर्ट र आर्मी चुस्ता हापपाईन्ट लगाएका खड्काको खोजीकालागी सहयोग गरीदिन उनका आफन्तहरुले आग्रह गरेका छन । हराएको थाहा पाए लगत्तैदेखी खोजी गर्दा समेत बुबालाई कहीँ फेला पार्न नसकेको भन्दै छोरी रमाले आफ्नो बुबालाई देख्ने ब्यक्तीले ९८५८०४२०९८ नम्बरमा फोन गरेर सहयोग गर्न आग्रह गरेकी छन ।

  • २३ जेष्ठ २०८१, बुधबार १८:२० प्रकाशित
  • Nabintech