२२ जेठ, काठमाण्डौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले पुरुष टी.२० विश्वकप क्रिकेटको पुरस्कार राशीको घोषणा गरेको छ । आईसीसीका अनुसार टी-२० विश्वकप क्रिकेट २०२४ मा सहभागि कुनै पनि टोली खालि हात जानु पर्ने छैन ।
आईसीसीले टी-२० विश्वकप २०२४ लागि कुल ११.२५ मिलियन डलर पुरस्कार राशी रहेको घोषणा गरेको हो । आईसीसीले ३ जुनमा पुरस्कार राशीको घोषणा गरेको हो ।
संयुक्त राज्य अमेरिका र वेष्टइन्डिज सञ्चालन भईरहेको आईसीसी टी-२० विश्वकप क्रिकेटमा विजेता टोलीले २.४६ मिलियन डलर पाउने छ । त्यस्तै उप-विजेता टोलीले १.२८ मिलियन डलर पाउने छ । यो टी-२० विश्वकप क्रिकेटको इतिहासमा सवैभन्दा बढी पुरस्कार राशी हो ।
त्यस्तै सेमिफाइनलमा पुग्ने टोलीले ७८७.५०० र सुपर-८ मा पुग्ने टोलीले ३८२.५०० डलर प्राप्त गर्नेछन । त्यस्तै विश्वकपमा सहभागि २० टोलीलाई आईसीसीको तर्फबाट केहि राशी प्रदान गरिने भएको छ ।
सहभागि २० टोली मध्य नवौं देखि १२ औं स्थानसम्म रहने टोलीले २४७.५०० डलर पाउने छन् । त्यस्तै तेह्रौंदेखि २० स्थानमा रहने टोलीले २२५.५०० डलर प्राप्त गर्ने भएका छन् । सेमिफाइनल र फाइनल बाहेक विश्वकपमा प्रत्येक खेल जित्ने टोलीलाई अतिरिक्त ३१.१५४ डलर प्रदान गरिने छ ।
२२ जेष्ठ २०८१, मंगलवार १७:३३ प्रकाशित