नेपाल आउने पर्यटकको सँख्या बढ्यो, मे महिनामा भित्रिए ९० हजार पर्यटक
  • काँचुली खबर

२० जेठ, काठमाण्डौं । नेपालमा मे महिनामा मात्र ९० हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२४ को मेमा ९० हजार दुई सय ११ पर्यटक नेपाल भित्रिएका हुन्।

बोर्डका निर्देशक मणिराज लामिछानेले विगत वर्षको तुलनामा यो वर्ष मेमा नेपाल भित्रिने पर्यटकको संख्या बढेको बताए। उनका अनुसार सन् २०१९ को मे मा ७८ हजार तीन सय २९, सन् २०२० मा ३१ जना, सन् २०२१ मा एक हजार पाँच सय ३१, सन् २०२२ मा ५४ हजार ९३ र गत वर्षको मेमा ७७ हजार सात सय तीन विदेशी पर्यटक भित्रिएका छन्।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

यो वर्षको मे महिनामा सबैभन्दा बढी पर्यटक भारतबाट भित्रिएका छन्। भारतबाट ३८ हजार दुई सय ८८ पर्यटक भित्रिएका लामिछानेले जानकारी दिए। उनका अनुसार भारतसहित सार्क मुलुकबाट ४३ हजार आठ सय तीन पर्यटक नेपाल भित्रिएका छन्।

यसैगरी, एसियाका अन्य मुलुकबाट १४ हजार चार सय २५, युरोपबाट ११ हजार दुई सय १४, अस्ट्रेलिया र न्युजिल्यान्डबाट दुई हजार पाँच सय १४, क्यानडा र अमेरिकाबाट नौ हजार पाँच सय ४२ र इजरायल र टर्कीबाट नौ सय ३० र अन्य मुलुकबाट सात हजार सात सय ८३ पर्यटक नेपाल भित्रिएका छन्

  • २० जेष्ठ २०८१, आईतवार १९:१७ प्रकाशित
  • Nabintech