बाँके – करिब तीन महिना अघि अमेरिकामा निधन भएका २८ बर्षिय मरिचमान बुढामगरको परिवारलाई राहत रकम प्रदान गरिएको छ ।
लामो समय अस्पतालमा उपचारको प्रयास गर्दा समेत मुटु र मृगौलाको समस्या निको नभएपछि मृत्युवरण गरेका मरिचमानको परिवारलाई राहत स्वरुप ५ लाख २१ हजार १ सय २१ रुपैंया प्रदान गरिएको हो । रुकुम घर भई हाल दाङ तुलसीपुर उपमहानगरपालीका ७ गणेशपुर बसोवास गरिरहेका मरिचमानका परिवारलाई एक कार्यक्रमका बिच बुधबार सो रकम प्रदान गरिएको हो ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
अमेरिकामा रहेका पत्रकार तथा हिमालपाटी अनलाइनका सम्पादक शेर के सी को व्यक्तिगत पहलमा गो फण्ड मी मार्फत संकलन गरिएको सो रकम बराबरको चेक पत्रकार केसीकी आमा शशिली खत्री तथा धर्मपत्नी चाहना बस्नेत संगै पीडित परिवार बसिरहेको गणेशपुरका वडा अध्यक्ष टोपबहादुर केसीले संयुक्त रुपमा हस्तानतरण गरेका थिए ।
सो अवसरमा बोल्दै वडा अध्यक्ष केसीले बिदेशमा मृत्यु भएका परिवारका लागी सक्दो आर्थिक सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।
धन्यवाद ज्ञापन
दुखको घडिमा पीडित परिवारलाई राहत प्रदान गर्न सहयोग गर्ने सबैप्रति पत्रकार केसीले धन्यवाद ज्ञापन गरेका छन् । मरिचमानको निधन भएको खबर पाएपछि सक्दो राहत संकलन गर्न जुटेका पत्रकार केसीले सहयोग गर्ने गैर आवासीय नेपाली संघ अमेरिका तथा यसका पदाधिकारीहरु, अमेरिकामा रहेका नेपालीहरु, नेपाली एसोसीएसन अफ नर्दन क्यालिफोर्नीया तथा यसका सदस्य प्रेमराज केसी संगै अन्य पदाधिकारी लगायत सबै सहयोगीहरुप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन् । पत्रकार केसी हालै नेपाल अमेरिका पत्रकार संघको कार्यसमितीमा सदस्यमा निर्विरोध निर्वाचित भएका थिए ।
१० श्रावण २०७५, बिहीबार ०७:१९ प्रकाशित