१८ जेठ, नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जशुक्रबार एकैदिन २१ लाख मुल्य बराबराको अबैध सामग्री बरामद गरेको जनाएको छ ।
प्रहरी नेपालगन्ज-२० स्थित राँझा विमानस्थलबाट १८ लाख रुपियाँ बराबरको मोबाइलको कम्बो डिस्प्ले बरामद गरेको छ । प्रहरीले शुक्रबार विमानस्थल भित्रबाट १८ लाख रुपियाँ बराबरको खरिद बिक्रीको बिल बिजक नभएको सात सय २० थान मोबाइलको कम्बो गिस्प्ले बरामद गरेको हो ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवम् प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीका अनुसार खरिद बिक्री बिल बिना नै नेपालगन्जबाट काठमाडौँ विमानमार्फत कुरियर गरेर पठाउन लागिएको अवस्थामा मोबाइलको कम्बो डिस्प्ले बरामद गरिएको हो । पठाउने व्यक्तिका बारेमा अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडी बढाइने उहाँले जानकारी दिए ।

त्यसैगरी प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ बाट अन्दाजी दुई लाख ८७ हजार रुपियाँ बराबरको अवैध लेडिज कुर्ता, सुरुवाल र लुङ्गी बरामद गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ बाट ४४ हजार ६४० रुपियाँ बराबरको तीन सय ७२ थान चप्पल समेत बरामद गरेको बाँके प्रहरीले जनाएको छ ।
मोबाइलको कम्बो डिस्प्ले, कुर्ता सुरुवाल तथा चप्पल गरी कुल २१ लाख ३१ हजार ६ सय ४० रुपियाँ बराबरको सामान बरामद गरेको र बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाइएको बाँके प्रहरीले जनाएको छ ।
१८ जेष्ठ २०८१, शुक्रबार १८:१३ प्रकाशित