नेपालगन्ज र कोहलपुरमा थपियो गर्मी बिदा, जानकीले पनि दियो बिदा
  • काँचुली खबर

१८ जेठ, नेपालगन्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले जेठ २० देखि असार ७ गतेसम्म गर्मी बिदा दिएको छ।

शैक्षिक क्यालेन्डरमा जेठ २७ गतेदेखि असार १४ गतेसम्म गर्मी बिदा तोकिएको भए पनि गर्मी अत्यधिक बढेर पठनपाठनमा समस्या भएको भन्दै हप्ता दिन अगाडि नै गर्मी बिदा दिएको हो।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

उपमहानगरपालिकाका गोर्खबहादुर थापाले सार्वजनिक सूचना जारी गर्दै असार ९ गतेदेखि विद्यालय नियमित रुपमा संचालन हुने जानकारी दिएका छन्।

त्यसैगरी कोहलपुर नगरपालीकाले समेत थप ३ दिनकालागी गर्मी बिदालाई निरन्तरता दिएको छ । जेठ १६ गते देखि १८ गतेसम्म कोहलपुरले स्थानिय विद्यालयहरुमा गर्मी बिदा दिएको थियो । तर अवस्था अझैं सामान्य नभएकाले थप ३ दिन (२२ गते सम्म) विद्यालय बन्द हुने शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव राम बहादुर हमालले जानकारी दिएका छन ।

यसैबिच बाँकेको जानकी गाँउपालिकाले समेत गर्मी बिदा दिएको छ ।, अत्यधिक गर्मी बढेपछि जानकी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले जेठ २५ गतेसम्म गर्मी विदा दिएको हो ।

केही दिन यता बाँके जिल्ला लगाएत तराईका जिल्लाहरुमा अत्याधिक गर्मी र लु चलेका कारण विद्यालयमा पठनपाठनमा समस्या आएको र बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिएको हुदाँ गर्मी बिदा गर्ने निर्णय भएको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।

पालिका अन्तर्गतका विद्यालयहरूमा जेठ २० गतेदेखि जेठ २५ गतेसम्म वर्षे विदाबाट कट्टी हुने गरि गर्मी विदा हुने भएको हो ।

पछिल्लो समय नेपालगन्जको अधिकतम तापक्रम ४४ डिग्री सेलसियस भन्दा माथि पुगेको छ।

  • १८ जेष्ठ २०८१, शुक्रबार १६:१८ प्रकाशित
  • Nabintech